Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1657 - 1662 of 23512
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार

छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ झन्डै साढे २ महिना पछाडि सरेको छ । अब यो फिल्म आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण कम्पनी विन्ध्यवासिनी क्रियसनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार

फिल्म ‘होस्टेल रिटर्न्स’मा ‘पिके डन’को भूमिकामार्फत् चर्चामा आएका प्रदीप चौधरी करिब १० वर्षपछि ‘सत्यवीर’बाट फिल्म अभिनयमा फर्किने भएका छन् । बिहीबार लक्ष्मीपूजाको अवसरमा उनको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । पोस्टरमा प्रदीप रगत पोतिएको बञ्चरो लिएर आक्रामक लुक्समा प्रस्तुत छन् । उनको पाखुरामा चोटको निशान देखिन्छ भने अनुहारमा रगतको छिर्का छ । पोस्टरले क्राइम-थ्रिल संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार

अभिनेता पल शाहले ठूलो अपेक्षा राखेको फिल्म थियो, ‘रावायण’ । करिअरको ‘डु अर डाई’ मानेर उनले फिल्मका लागि कुनै कसर बाँकी छाडेका थिएनन् । समय र मिहिनेत पर्याप्त खर्चिए । फिल्मको ‘हाइप’ पनि राम्रो थियो । तर, बक्स अफिसमा फिल्मले मार खायो । नक्कली दाह्री-जुँगाका कारण भएको आलोचनाले पलले एक्सनमा गरेको मिहिनेत पनि छायाँमा पर्‍यो ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १४, बुधवार

करिब ३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको पहिलो नेपाली फिचर फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरले फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र त्यसमा आउने उतार-चढावको कथालाई पेश गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १४, बुधवार

गायक समेत रहेका अभिनेता मुरलीधर पछिल्लो समय विरलै फिल्ममा देखिने गरेका छन् । फिल्म ‘भैरव’पछि उनले ८ वर्ष फिल्म नै गरेनन् । गत वर्ष आएको फिल्म ‘काँडेतार’बाट उनको कमब्याक भयो । तर, फिल्म नचल्दा उनको चर्चा भएन । दशैंमा आएको उनको नयाँ फिल्म ‘१२ गाउँ’ले भने ठूलो सफलता हासिल गरेको छ । र, यसले उनलाई नयाँ पुस्तामा समेत चिनाएको छ ।

Results : 1657 - 1662 of 23512