मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1627 - 1632 of 22561
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २०, आईतवार

‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ४४ सेकेण्डको ‘कमेडीयुक्त’ ट्रेलरमा तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलरमा समावेश केही पञ्चलाइनले स्वभाविक रुपमा हाँसो पैदा गराउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २०, आईतवार

अभिनेत्री अनु शाह फिल्ममा नदेखिएको ५ वर्ष भइसकेको छ । उनको पछिल्लो फिल्म ‘पसिना’ सन् २०१९ मा रिलिज भएको थियो । यसपछि उनले फिल्ममा काम गरेकी थिइनन् । लगातार फिल्मको असफलताले पनि उनी हच्किएकी थिइन् । र, उनलाई फिल्म अफर पनि कम भएको थियो । यद्यपि, यो बीचमा उनी अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण अक्सर चर्चामा थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २०, आईतवार

टिजर र ट्रेलरबाटै ठूलो ‘हाइप’ बनाएको फिल्म ‘अगस्त्य’ले इनिसियल व्यापार कस्तो गर्‍यो भन्ने चासो धेरैमा हुनसक्छ । देशभर गरि करिब डेढ सय शोज पाएको फिल्मले अपेक्षाकृत ओपनिङ गर्न चुकेको छ । पहिलो दिन फिल्मको देशभर ३० प्रतिशत हाराहारी अकुपेन्सी देखिएको थियो । शनिबारको विदामा भने फिल्मको अकुपेन्सी ६० प्रतिशतमाथि थियो । जसलाई सुखद् मान्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २०, आईतवार

अभिनेता विराज भट्टले आफ्नो निर्देशन रहने आगामी फिल्म ‘१२ गाउँ’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएका छन् । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने आफ्नो छोरा समीर भट्टलाई अभिनेताको रुपमा डेब्यू गराउँदैछन् । फिल्मको मुख्य अभिनेत्रीमा सन् २०२२ की मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का देखिँदैछिन् । अब भिलेनमा कनिज कोइराला भित्रिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १९, शनिवार

अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाँधिएकी छन् । शनिबार लाजिम्पाटस्थित शंकर होटलमा डा. अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्यसँगै भुवन केसी, दीलिप रायमाझी दम्पती, श्वेता खड्का, रेनशा वान्तवा राई लगायतका सेलिब्रेटीहरु पनि सहभागी थिए । बिहीबार नन्दिताको मेहेन्दी सेरोमनी भएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १९, शनिवार

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर, हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । म्यूजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपस्थित विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा गीतको संगीत रेकर्डिङ भएको हो ।

Results : 1627 - 1632 of 22561