
अभिनेता विराज भट्टले ‘जय परशुराम’ प्रदर्शनको ८ वर्षपछि घरबाहिरको फिल्ममा काम गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘राम नाम सत्य’मा काम गर्ने पक्का भएको हो । उनी स्वयंले सोमबार फेसबुकमार्फत फिल्ममा आफू अनुबन्ध भएको जानकारी गराएका हुन् । यो फिल्मको निर्देशन माइकल चन्दले गर्नेछन् । उनी म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफरको रुपमा परिचित छन् ।

यही फागुन २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘आउट ल : दफा २१९’ दुई साताअघि सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । एक्सन र मेकिङ शैली अब्बल देखिएको ट्रेलरले फिल्मप्रति दर्शकहरुमा अपेक्षा निकै बढाएको छ, जुन निर्माण टिमका लागि ठूलो चुनौती हो । ट्रेलरलाई युट्युबमा मिलेको प्रतिक्रिया हेर्ने हो भने धेरैले हलिउड र साउथ फिल्मसँग दाँजेका छन् ।

अभिनेता दीलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो काशीराम’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मितिसहित सोमबार निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा दीलिपलाई काँधमा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । यसले फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ ।

प्रायः नेपाली कलाकारको क्रेज हलमा भन्दा महोत्सवमा बढी देखिन्छ । त्यसमा अभिनेता पल शाह पनि पर्छन् । एक वर्ष लामो जेल जीवनपछि महोत्सवमा बाक्लै उपस्थिति जनाइरहेका उनलाई हेर्न दर्शकहरुको भीड थामिनसक्नु हुने गरेको छ । घाटा बेहोरिरहेका महोत्सवले समेत उनका कारण मुनाफा कमाउँछन् । तर, उनलाई लिएर फिल्म बनाएका निर्माता भने करोडौं डुबेर तनावमा छन् ।

युवापुस्तामा रुचाइएका चर्चित अभिनेता प्रदीप खड्का सोमबार आफ्नो ३३औं जन्मदिन मनाउँदैछन् । २०४८ सालमा ललितपुरको कुसुन्तीमा जन्मिएका उनको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को टिमले उनलाई ‘सुपरस्टार’को ट्याग दिँदै नयाँ टिजर सार्वजनिक गरेको छ । झन्डै एक मिनेट लामो टिजरमा उनको दृश्यलाई मात्र स्थान दिइएको छ । र, प्रायः दृश्य काटमारका छन् ।

आगामी बैशाख १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । र्याप मिश्रित गीतमा स्वर र शब्द रचना स्याम्मी डी रियल जीको रहेको छ । र्याप गायिकाको रुपमा परिचित उनले यही गीतबाट पार्श्व गायनमा डेब्यु गरेकी हुन् । गीतका संगीतकार तथा संगीत निर्माता सुरज ब्लुज हुन् । मिक्सिङ र मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् ।

