
आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ३८ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ ।

यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको छ । पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको हो । यसले फिल्मलाई ‘हाइप’ दिलाउन ठूलो मद्दत मिलेको छ । ‘स्टारकास्ट’कै कारण फिल्मले सफलता हासिल गर्न सक्ने विश्लेषण भइरहेको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा आबद्ध भएपछि कलाकार केदार घिमिरे (माग्ने बुढा)लाई बाहिरी फिल्ममा काम गर्न अनुमति थिएन । तर, टिम साघुरिँदै गएपछि दीपक-दीपाले केदारलाई स्वतन्त्र हिसाबले काम गर्न छाडिदिएका छन् । अर्थात् उनलाई अब अरु फिल्म गर्न रोकतोक छैन । यसैले केदारले पनि लगातार बाहिरी फिल्म सम्झौता गरिरहेका छन् ।

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको दुई दिन हलमा टिक्नै संघर्ष गरेको फिल्म यतिबेला व्यापारिक रुपमा रेकर्ड बनाउने बाटोमा देखिएको छ । गत शनिबारबाट आक्रामक रुपमा अगाडि बढेको फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले दाबी गरेको छ ।


नेपाली फिल्म क्षेत्रको टड्कारो समस्या बनेको छ, शो बाँडफाँट । एकसाथ धेरै फिल्म रिलिज हुँदा र ठूलो विदेशी फिल्म आउँदा शो बाँडफाँटलाई लिएर ठूलै विवाद हुन्छ । यसपटकको दशैं र तिहारमा पनि यही समस्या देखियो । घटस्थापनामा आएको ‘बेहुली फ्रम मेघौली’ले दोस्रो हप्तामा अपेक्षित शो नपाएपछि निर्माताले फिल्म नै हलबाट उतारिदिए । र, ओटीटीमा रिलिज गरे ।

