
नेपालमा सिक्वेल र सिरिज फिल्म सर्वाधिक सफल छन् । ‘कबड्डी’को चौंथो श्रृंखलाले बक्स अफिसमा २२ करोडको रेकर्ड बनाएको छ भने ‘छक्का पञ्जा’का चार श्रृंखलाले पनि उच्च कमाई गरेका छन् । तर, लगातार सफल फिल्म दिइरहेको ‘जात्रा’ समूहलाई भने १० करोडको आँकडा छुन पनि हम्मेहम्मे छ । यो समुहको पछिल्लो फिल्म ‘महापुरुष’ पनि ८ करोड हाराहारीमा टुंगिएको थियो ।

अभिनेत्री पूजा शर्माले ‘प्रेमगीत’पछि रोमान्टिक भूमिकामा मात्र आफूलाई सीमित राखेकी थिइन् । तर, अब उनी चरित्रमा विविधता दिन खोजिरहेकी छन् । फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा देखिन लागेकी उनी यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’मा नकारात्मक लाग्ने चरित्रमा छिन् । पैसाका लागि ‘सुगर ड्याडी’ (धनी पुरुष) बनाउने चरित्रमा उनले काम गरेकी छन् ।


चलचित्र विकास बोर्डमा आएपछि अभिनेता भुवन केसीले नेपाली र विदेशी फिल्मको बक्स अफिस तथ्यांक सार्वजनिक गर्न थालेका थिए । केही चरण बोर्डकै लेटरप्याडमार्फत् फिल्मको त्रेमासिक र वार्षिक व्यापार सार्वजनिक गरियो । मिडियालाई पनि नियमित रुपमा बोर्डबाट बक्स अफिस रिपोर्ट उपलब्ध हुँदै आएको थियो । जसले गर्दा फिल्म क्षेत्रमा भ्रमको खेती लगभग रोकिएको थियो ।

अभिनेता हरिवंश आचार्यले फिल्ममा होस् वा टेलिसिरियल, प्रायःमा फरक चरित्र निर्वाह गरेका छन् । कुनैमा उनले सकारात्मक त कुनैमा नकारात्मक चरित्र निभाएका छन् । गत वर्ष प्रदर्शन भएको फिल्म ‘महापुरुष’मा उनी आदर्शवादी व्यक्तिको भूमिकामा थिए । आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’मा भने उनले एक भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् ।

फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानिय निकायको स्वीकृति पत्र ल्याएपछि मात्र प्रदर्शनको अनुमति (प्रमाणपत्र) दिने बोर्डको अडान थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि सेन्सर बोर्ड घुँडा टेक्न बाध्य भएको छ ।