Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1621 - 1626 of 23991
फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

भारतीय रियालिटी शो ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’को उपाधि जितेर ठूलो चर्चा कमाएकी नेपालकी तेरिया फौजा मगरले अब फिल्ममा आफ्नो अभिनय क्षमता अजमाउने भएकी छन् । उनले ‘मितज्यू’ फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । बुधबार निर्माण टिमले एक पोस्टरमार्फत उनी मुख्य अभिनेत्रीको रुपमा फिल्ममा भित्रिएको जानकारी गराएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’मा पहिलो पटक अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीले जोडी भएर काम गरेका छन् । केही हप्ताअघि विपिनको क्यारेक्टर लुक्स सार्वजनिक भएपछि धेरैमा उपासनाको लुक्सलाई लिएर चासो बढेको थियो । मंगलबार उनको पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’ गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १५ गते बिहीबारलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सो मितिमा नेपालसहित विदेशमा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

प्रिमियरमा उपस्थित अधिकांशले नेपालमा बनेका बायोपिकमध्ये ‘अञ्जिला’ सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्दै खेल खेले बिग्रिन्छ भन्ने सामाजिक सोचलाई छिचोल्दै एन्जिलाले फुटबल टिमको कप्तानसम्मको यात्रा गर्नु एउटा ठूलो युद्ध जितेभन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा उतारिएको भन्दै निर्देशक मिलन चाम्स प्रशंसा गरे ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

‘झोला’ निर्देशक यादवकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक १ मिनेट १७ सेकेण्ड लम्बाइको टिजरमा मोबाइलको लतका कारण बालबालिकामा परेको असरलाई देखाइएको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावको कथा टिजरमा छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

काठमाडौं महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन्द्र शाह (बालेन)ले आफ्नो पार्श्व गायन समेत रहेको फिल्म ‘लाज शरणम्’ हेरेका छन् । उनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेपछि अभिनेता सिताराम कट्टेल (धुर्मुस)को अभिनयको खुलेर प्रशंसा गरे । सितारामलाई अंगालो मार्दै उनले फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया दिए ।

Results : 1621 - 1626 of 23991