Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1555 - 1560 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १७, सोमवार

लभस्टोरीमा एउटा यादगार फिल्म मानिन्छ, ‘प्रेम गीत’ । यसका तीन श्रृंखला समेत निर्माण भइसकेका छन् । अब यही नामजस्तै मिल्दोजुल्दो लाग्ने ‘प्रेम गीता’ नाममा नयाँ फिल्म बन्ने भएको छ । सोमबार पाँचखालबाट फिल्मको छायांकन सुरु गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १७, सोमवार

फिल्म ‘पूजार सार्की’को व्यावसायिक सफलतापछि अब निर्देशक दिनेश राउत नयाँ फिल्म ‘महाभोज’ बनाउने तयारीमा छन् । पहिला यो फिल्मको नाम ‘गाउँ नै रमाइलो’ थियो । तर, यो नामले कथावस्तुलाई न्याय नगर्ने भएपछि शीर्षक परिवर्तन गरेर ‘महाभोज’ राखिएको हो । आगामी माघ १ गतेबाट छायांकन सुरु हुने फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १७, सोमवार

म्यूजिक भिडियो हुँदै फिल्म ‘लज्जा’बाट डेब्यु गरेकी अभिनेत्री शिल्पा पोखरेलको केही वर्ष करिअर सन्तुलित नै रह्यो । ‘हवल्दार सुन्तली’, ‘किस्मत २’, ‘मंगलम’ जस्ता फिल्म सफल हुँदा उनलाई कामको अभाव भएन । तर, पूर्वपति तथा निर्माता छविराज ओझासँगको कानुनी झमेलापछि भने उनको करिअर एकाएक सुस्ताएको छ । फिल्ममा त उनी नदेखिएकै ५ वर्ष भइसकेको छ ।

एजेन्सी, काठमाडौं, २०८१ मंसिर १७, सोमवार

गत वर्षको ब्लकबस्टर फिल्म ‘टुवेल्थ फेल’मा गरेको जीवन्त अभिनयका कारण चर्चामा आएका अभिनेता विक्रान्त मेसीले आफ्ना प्रशंसकलाई निराश तुल्याउने एउटा निर्णय गरेका छन् । अब उनले अभिनयबाट विश्राम लिने भएका छन् । आइतबार मध्यरातमा इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले २०२५ मा अन्तिमपटक फिल्ममार्फत् दर्शकसँग भेट्ने जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १६, आईतवार

नेपाली फिल्ममा अभिनेता दीलिप रायमाझीले गर्विलो पहिचान बनाएका छन् । कुनै बेला करिअरको उत्कर्षमा रहेका उनले २ सय बढी फिल्ममा काम गरिसकेका छन् । अमेरिकामा बस्दा समेत उनले अभिनयलाई निरन्तरता दिए । पछिल्लो समय भने उनको बसाइँ नेपालमै बढी छ । यसैले अचेल उनी छायांकनमा व्यस्त देखिन्छन् । यसै साता उनले नयाँ फिल्म ‘रंगी’को छायांकन सकाए ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १६, आईतवार

भारतमा यस वर्षको ठूलो रिलिज मानिएको अभिनेता अल्लू अर्जुन अभिनीत साउथ फिल्म ‘पुष्पा २ : द रूल’ले अबको चार दिनमा बक्स अफिसमा आफ्नो राज सुरु गर्दैछ । ‘स्योर सट’ ब्लकबस्टर मानिएको फिल्मको क्रेजलाई मध्यनजर गर्दै शनिबारबाट भारतमा हिन्दी र अन्य भाषामा एड्भान्स बुकिङ खुला भइसकेको छ । र, २४ घण्टामै ठूलो मात्रामा टिकट बिक्री भएको छ ।

Results : 1555 - 1560 of 23515