
फिल्म ‘लक्का जवान’पछि पुनः सहकार्य गरेका अभिनेताद्वय दीलिप रायमाझी र सलोन बस्नेतले फिल्म ‘रंगी’को छायांकन सकाएका छन् । छायांकन सुरु भएको २६औं दिनमा फिल्म ‘प्याकअप’ भएको हो । एक महिनाको सेड्युल राखिएको भए पनि निर्धारित समयभन्दा ४ दिनअघि नै फिल्मको छायांकन पूरा भएको निर्देशक सुरेश न्यौपानेले बताए ।



गत जेठमा नेपाल रिलिज भएको रोड-थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’लाई विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा उपलब्ध गराएको छ । ‘अमेजन प्राइम भिडियो’, ‘ट्युबी’, र ‘बुक माई शो स्ट्रिम’मा फिल्मको स्ट्रिमिङ सुरु भइसकेको निर्माण कम्पनी काठमाडौं फिल्म्सका सञ्चालक तथा निर्माता चन्दन झाले जानकारी दिए ।

नेपाली फिल्मको ठूलो बजार मानिने बुटवलमा धरानको ‘फ्रेन्डस् सिनेमाज्’को दोस्रो हल सञ्चालनमा आएको छ । एउटा मात्र अडिटोरियम रहेको २२२ सिट क्षमताको हलमा शुक्रबारबाट फिल्म प्रदर्शन सुरु गरिएको सञ्चालक आशिष तामाङले जानकारी दिए । यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । पहिला ‘भ्यू सिनेमाज्’ रहेको हललाई ‘फ्रेन्डस् सिनेमाज्’मा बदलिएको हो ।

केही वर्षयता फिल्म रिलिजको संख्याभन्दा ज्यादा नेपाल र विदेशमा अवार्ड आयोजना हुन्छन् । तर, अचेल कुनै अवार्डप्रति न आम दर्शकलाई चासो रहन्छ न त फिल्मकर्मीलाई । यसको एउटै कारण हो, अवार्डप्रति गुम्दो विश्वास । ‘राम्रालाई भन्दा हाम्रालाई’ भन्ने प्रवृत्ति मौलाउँदा फिल्म अवार्डको गरिमा गुमिरहेको मात्र छैन, अहिले त कसैले अवार्ड पाउँदा समेत शंकाको नजरले हेर्ने गरिन्छ ।

