Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1549 - 1554 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १९, बुधवार

यतिबेला अघिल्ला पुस्ताका स्थापित कलाकारहरुको कमब्याकको लहर चलेको छ । राजेश हमाल, विराज भट्ट, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले कमब्याक गरिसकेको अवस्थामा अब ‘एक्सन स्टार’को रुपमा कहलिएका निखिल उप्रेती पनि करिब ५ वर्षपछि फिल्ममा फर्किने तयारीमा जुटेका छन् । उनले अर्को वर्ष आफ्नै निर्देशनमा फिल्म बनाउन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १८, मंगलवार

राष्ट्रिय अवार्ड जित्न सफल ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारको दोस्रो फिल्म ‘कल्ली’मा कलाकारहरुको ‘लाइनअप’ रोचक बनिरहेको छ । यही फिल्मबाट अभिनेता उत्तम प्रधानले करिब एक दशकपछि कमब्याक गर्दैछन् । यसमा सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । यसैबीच, अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतलाई फिल्ममा अनुबन्धित गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १८, मंगलवार

भारतमा मात्र होइन, नेपालमा पनि लामो समयदेखि प्रतिक्षा भइरहेको फिल्म हो, ‘पुष्पा २’ । यसको अघिल्लो श्रृंखलाले नेपालमा उल्लेख्य कमाएको थियो । अब सिक्वेलले बक्स अफिसमा सुनामी ल्याउने देखिएको छ । सोमबारबाट मल्टीप्लेक्सहरुमा खुलेको अग्रिम टिकट बुकिङको अवस्था हेर्दा फिल्मले नेपालमा तीन करोडको ओपनिङ गर्ने निश्चित छ । शो मात्र ५ सयभन्दा बढी छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १८, मंगलवार

चर्चित रियालिटी शो ‘रोडिज’का दुई निर्णायक प्रियंका कार्की र दीया मास्के पहिलोपटक फिल्ममा एकसाथ देखिँदैछन् । त्यो फिल्म हो, ‘ममी’ । हरर जनरामा निर्माण भएको यो फिल्ममा उनीहरुले मुख्य भूमिका निभाएका छन् । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १८, मंगलवार

लगभग ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको फिल्म ‘तेल भिसा’ यतिबेला हलमा प्रदर्शनरत छ । प्रतिक्रिया राम्रो मिलेको भए पनि हलमा दर्शकको उपस्थिति अपेक्षित नहुँदा फिल्मले घरेलु बजारबाटै लगानी उठाउने सम्भावना टरिसकेको छ । यही बिहीबार आउन लागेको साउथ फिल्म ‘पुष्पा २’का कारण धेरै हलबाट फिल्म उत्रने देखिन्छ । फिल्ममा लगानी मात्र तीन करोडमाथि छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १८, मंगलवार

करिअरको उत्कर्षमा रहेको समयमा कलाकारहरु मल्टीस्टारर फिल्म गर्न हम्मेसी चाहँदैनन् ।  फिल्म सफल भए पनि जस अरुले नै पाउने भय प्रायःमा देखिन्छ । यो किसिमको सोच नयाँ पुस्तामा बढी छ । कलाकारहरुबीचको इगोले पनि मल्टीस्टारर फिल्म निर्माणमा कमी आएको देखिन्छ । ‘स्टार’ कलाकारहरु एकअर्कासँग काम नै गर्न चाहँदैनन् भन्ने भाष्य बनेको छ ।

Results : 1549 - 1554 of 23515