Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1543 - 1548 of 23991
फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

एक दशकअघिसम्म डायरी (अटो)का पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनले गीत, गजल, मुक्तकसहितका प्रेमिल शब्द कोर्ने प्रचलनजस्तै थियो । डायरीका पानामा फोटोहरू टाँसिन्थे अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । तर, डिजिटल युगको उदयसँगै त्यो प्रचलन हराउँदै गइरहेको छ । अब त्यो समयलाई सम्झाउन फिल्म ‘ऊनको स्वीटर’ बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले गायनमा साथ दिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १६ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्म महिलामाथि हुने अत्याचारको कथामा बनेको प्रष्ट पार्छ । पिताम्बर पात्र अर्थात् प्रदीप खड्काले आमामाथि भएको अन्यायको बदला लिन गरेको संघर्षको वरिपरि ट्रेलर घुमेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’का निर्देशक जुनिम गहतराजले दोस्रो फिल्मको रुपमा ‘हे माया’ निर्देशन गर्ने भएका छन् । आगामी जेठबाट छायांकन सुरु हुन लागेको फिल्मको मंगलबार निर्माण घोषणा गरिएको हो । फिल्मलाई दीपक लम्सालले निर्माण गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

नेपाली फिल्ममा म्यूजिक भिडियो र थिएटरबाट आउने कलाकारको संख्या ठूलो छ । त्यसमा प्रभात पाल ठकुरी पनि पर्छन् । नाटक र म्यूजिक भिडियोमा काम गरेपछि उनले ‘डिसेम्बर फल्स’बाट फिल्ममा डेब्यु गरेका थिए । यसपछि ‘सरी मम’ गरे । अब उनको नयाँ फिल्म ‘वसन्त’ यही चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको टिजर र ट्रेलर हेर्दा उनको ग्रामीण चरित्र देखिन्छ ।

Results : 1543 - 1548 of 23991