Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1573 - 1578 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ११, मंगलवार

अभिनेताद्वय दयाहाङ राई र जितु नेपाल ‘कार्साङ’मार्फत् ९ वर्षपछि एकसाथ फिल्ममा देखिँदैछन् । आगामी पुष २६ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । यसअघि दुवैले ‘वडा नम्बर ६’मा एकसाथ काम गरेका थिए । यसमा उनीहरु सहायक भूमिकामा थिए । तर, पछिल्लो समय दुवैले आफ्नै काँधमा फिल्म बोक्दै आइरहेका छन् । अर्थात् कथाको मुख्य पात्र भएर काम गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ११, मंगलवार

ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ११, मंगलवार

अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एक क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १०, सोमवार

अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ अब आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ । यसअघि गत कात्तिक ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १०, सोमवार

गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ । यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । अहिलेसम्म ५०० बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १०, सोमवार

अभिनेता पल शाहले एक गम्भीर घटनाका कारण एक वर्ष जेल जीवन विताएपछि लगातार केही फिल्म सम्झौता गरे । त्यसमध्ये एक थियो, ‘कल्ली’ । उनको फोटोसुट गरेर क्यारेक्टर पोस्टरसहित गत साउनमा फिल्मको घोषणा गरिएको थियो । तर, गत भदौमा आएको ‘रावायण’ असफल भएपछि उनलाई रातारात ‘कल्ली’बाट हटाइयो । र, उनको ठाउँमा सौगात मल्ल भित्रिए ।

Results : 1573 - 1578 of 23515