मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1525 - 1530 of 22557
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १२, सोमवार

गत असारमा प्रदर्शन भएको फिल्म ‘अन्तिम संस्कार’पछि निर्देशक प्रदीप शाही यतिबेला फिल्म ‘एक्लो’ निर्माणको तयारीमा जुटेका छन् । आगामी साउनपछि छायांकन सुरु गर्न लागिएको फिल्ममा निर्देशक शाहीले कलाकारको ‘लाइनअप’ बलियो बनाएका छन् । साइ-फाई जोम्बी थ्रिलर जनरामा बन्न लागेको फिल्ममा प्रदीप खड्का र बेनिशा हमालपछि अब विजय लामा अनुबन्ध भएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १२, सोमवार

नेपालकै पहिलो एनिमेटेड फिल्म ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ । साढे २ मिनेट लम्बाईको ट्रेलरमा एनिमेटेड पात्रमार्फत् कथावस्तु बुझाउने प्रयास गरिएको छ । एउटा राज्यमा राजकुमारीको जन्म भएपछि आउने संकट र उनको बहादुरीलाई ट्रेलरमा देखाएको छ । राक्षसकी रानीको आतंकलाई रोक्न राजकुमारीले अन्य पात्रसँग मिलेर लड्ने लडाइँको कथामा फिल्म आधारित छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १२, सोमवार

विवाहपछि अभिनेत्री ऋचा शर्माको दुई फिल्म प्रदर्शन भए, ‘हिजो आजका कुरा’ र ‘चि मुसी चि’ । तर, यी दुईटै फिल्म सफल हुन सकेनन् । यतिबेला ‘कमेडी च्याम्पियन’को निर्णायक रहेकी उनले यस वर्ष लगातार फिल्ममा काम गरिरहेकी छन् । गत भदौदेखि फागुनसम्ममा उनले तीनवटा फिल्मको छायांकन सकाएकी छन् । जसमध्ये ‘डिग्री माइला’ यही चैत ३० गते प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १२, सोमवार

होलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’प्रति नेताहरुको समेत आकर्षण देखिएको छ । आइतबार रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले ललितपुरस्थित लबिम मलमा फिल्म हेरेका थिए । सोमबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि फिल्म हेर्ने तयारीमा छन् । प्रदर्शनकै दिन पूर्वरानी कोमल शाहले पनि फिल्म हेरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १२, सोमवार
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ११, आईतवार

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आइतबार पहाडी र सोमबार तराई जिल्लामा मनाइँदैछ । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो, होली । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिएको छ । आफन्त र साथीभाईसँग मिलेर विभिन्न रङ तथा पानी खेलेर खुसी साट्ने पर्वको रुपमा होलीलाई लिइन्छ ।

Results : 1525 - 1530 of 22557