Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1525 - 1530 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २५, मंगलवार

निर्देशक सुदीप भुपाल सिंहले फिल्म ‘श्री बुकुरो’बाट ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका छन् । मंगलबार स्केच पोस्टरमार्फत् उनले आफ्नो कमब्याक फिल्मबारे जानकारी गराए । यो उनको तेस्रो निर्देशकीय फिल्म हो । पछिल्लो पटक सन् २०१७ मा रिलिज भएको ‘रुद्रप्रिया’ निर्देशन गरेका उनले त्यसअघि हरर जनरामा ‘माला’ बनाएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २५, मंगलवार

अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘कार्साङ’ आगामी पुष २६ गतेबाट प्रदर्शनको तयारीमा छ । यसमा उनले शेर्पा समुदायको धामीको भूमिका निभाएका छन् । उनको करिअरमै यसकिसिमको भूमिका पहिलो हो । यसैले पनि फिल्मप्रति दर्शकमा चासो देखिएको छ । यसमा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखुको पनि मुख्य भूमिका छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २५, मंगलवार

निर्माता सरोज न्यौपाने आफ्नो पछिल्लो फिल्म ‘ग्याङस्टर ब्लूज’ (२०१७)ले व्यावसायिक सफलता हासिल गर्न नसकेपछि करिब ६ वर्ष निर्माणबाट टाढा देखिए । अब भने उनी लगातार फिल्म निर्माण गर्न कसिएका छन् । यतिबेला उनको नयाँ फिल्म ‘जेरी अन टप’ फ्लोरमा छ । यसलाई आगामी जेठमा रिलिजको तयारी गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २५, मंगलवार

घरेलु बक्स अफिसमा कीर्तिमानी व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ एकपछि अर्को विवादको चंगुलमा फसिरहेको छ । कहिले कथा चोरीको आरोप लाग्छ । कहिले निर्माताले शोमा विभेद भएको भन्दै फिल्मको रिलिज नै रोक्ने घोषणा गर्छन् । यो निर्णयका कारण ‘सारङ्गी’ निर्माण कम्पनीको कुनै पनि फिल्म अब प्रदर्शकले हलमा नचलाउने घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २४, सोमवार

आगामी पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बम बहादुर’को भारतस्थित दार्जिलिङ शहरमा प्रिमियर गरिएको छ । आइतबार दार्जिलिङको गोर्खा रंगमञ्चमा भएको प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया प्राप्त गरेको निर्देशक जोन राईले बताए । फिल्म हेरेका कतिपय दर्शकले आफ्नै भोगाइ र संघर्ष पर्दामा आएकोमा खुसी व्यक्त गरेका थिए ।

Results : 1525 - 1530 of 23515