Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1513 - 1518 of 23991
फिल्मीखबर, काठमाडौं, 2025-04-09, बुधवार

कहिले सहकारी ठगीको पैसाले फिल्म निर्माण त कहिले विदेशमा छायांकनको नाममा मानव तस्करीको घटना बाहिर आइरहेको समयमा विदेशमा पढ्न पठाइदिने भन्दै विद्यार्थीबाट ठगी गरेको पैसा समेत नेपाली फिल्ममा लगानी भएको खुलेको छ । गत भदौमा प्रदर्शित सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’मा विद्यार्थीहरूबाट ठगेको लाखौं रुपैयाँ लगानी भएको रहस्य खुलेको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-09, बुधवार

लक्ष्मण सुनारको निर्देशनमा बनिरहेको फिल्म ‘कल्ली’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार निर्माण टिमले आगामी कात्तिक २१ गतेलाई प्रदर्शन मिति तय गरेको हो । तिहार र छठ दुवै सकिएपछि फिल्म प्रदर्शनमा आउन लागेको हो । यसअघि चैत २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, छायांकनमा जान ढिलाइ हुँदा फिल्म पूर्वघोषित मितिमा आउन नसकेको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-09, बुधवार

नेपाली फिल्म क्षेत्रका लागि २०८१ साल महत्त्वपूर्ण वर्ष सावित भएको छ । किनकि, यो वर्ष व्यापारमा चमत्कार नै भयो । गत बैशाखदेखि चैत तेस्रो सातासम्म डेढ सय करोडमाथिको व्यापार नेपाली फिल्मले मात्रै गरेका छन् । जसमा सबैभन्दा ठूलो योगदान ‘पूर्णबहादुरको सारङ्गी’को रह्यो । यसले नेपालमा ४६ करोड ८० लाख ग्रस कमाएको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-09, बुधवार

अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरले पहिलो पटक सहकार्य गरेको फिल्म ‘कुस्ती’को छायांकन सकिएको छ । छायांकनको ३९औँ दिनमा गीतबाहेकका दृश्य सकेर मंगलबार ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । फिल्मलाई काठमाडौँ आसपासका क्षेत्रमा खिचिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-09, बुधवार

यस वर्षका लागि अन्तिम दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ यही शुक्रबार (चैत २९ गते)बाट प्रदर्शनमा आउने तयारीमा छन् । एक्सन जनरामा बनेका यी दुवै फिल्मले वर्षको अन्त्य सुखद् गराउने अपेक्षा गरिएको छ । किनकि, दुवै फिल्ममा बलियो ‘स्टारकास्ट’ छ । र, प्रचार सामाग्रीले हाइप पनि राम्रो बनेको छ । अब बक्स अफिस प्रतिस्पर्धामा कुन कति बलियो रहन्छ, त्यो प्रतीक्षाको विषय हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-08, मंगलवार

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । गत फागुन १८ गते बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको फिल्म ३६ दिनमा मंगलबार प्याकअप भएको हो । चितवन र हेटौंडामा छायांकन भएको फिल्मलाई कथाले मागेको लोकेसनमा चाहेजसरी खिचिएको निर्देशक सुरेन्द्र पौडेलले बताए ।

Results : 1513 - 1518 of 23991