Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1507 - 1512 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ पौष २, मंगलवार

हास्य कलाकारद्वय केदार घिमिरे र जितु नेपाल कुनै बेला एकै रथका दुई पाङ्ग्राजस्तै थिए । ‘गीताञ्जली’ सिरियलबाट उनीहरुको सहकार्य सुरु भएको थियो । पछि दुवैले अलग-अलग सिरियलमा काम गरे । जब टेलिभिजनको क्रेज खस्कियो, त्यसपछि दीपक-दीपासँग मिलेर उनीहरुले फिल्ममा वर्षौं सहकार्य गरे । यतिबेला भने उनीहरुले आ-आफ्नै हिसाबले काम गर्दै आइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १, सोमवार

भ्यालेनटाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुःखी आत्मा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक तीनवटा पोस्टरले पात्रहरुको मुड दर्शाउँछ । एउटा पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा रोमान्टिक देखिएका छन् । जसमा दयाहाङले आँचलको निधारमा चुमेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १, सोमवार

यही पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बम बहादुर’मा अभिनेता सौगात मल्लले विद्रोही भूमिकामा निर्वाह गरेका छन् । केही दिनअघि सार्वजनिक ट्रेलरले पनि उनको चरित्रबारे प्रकाश पार्छ । फिल्मको कथा आफैंले भोगेको जस्तो महसुस भएपछि उनी काम गर्न तयार भएका रहेछन् । र, दर्शकलाई पनि यही महसुस हुने उनको विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ३०, आईतवार

हरेक वर्षको महाशिवरात्रिमा नेपाली फिल्महरुबीच महाभिडन्त हुँदै आइरहेको छ । अघिल्लो वर्ष यो पर्वलाई लक्षित गर्दै ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’बीच त्रिपक्षीय भिडन्त भएको थियो । यसपालि पनि ‘हेभिवेट’ भिडन्त हुने भएको छ । ‘मायावी’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ गरी तीन फिल्मले महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब अर्को फिल्म पनि थपिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ३०, आईतवार

अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माको फिल्मी करिअरले एक दशक पूरा गरिसकेको छ । यो अवधिमा दुवैले १० वटा फिल्ममा काम गरिसकेको भए पनि एकअर्कासँग भने सहकार्य जुर्न सकेको थिएन । पहिलो पटक उनीहरुले जोडी भएर फिल्म ‘जेरी अन टप’मा काम गरेका छन् । यसमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री जसिता गुरुङको पनि अभिनय छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ३०, आईतवार

कोरोना महामारीअघि फिल्म निर्माण र रिलिज उल्लेख्य रुपमा हुन्थे । वर्षेनि रिलिजको संख्या मात्र एक सय हाराहारी पुग्थ्यो । तर, कोभिडपछि फिल्म निर्माण निकै घट्यो । जसले गर्दा दुई वर्ष त रिलिजको संख्या ५० पनि पुगेन । २०७८ मा १३ र २०७९ मा ४६ फिल्म रिलिज भएका थिए । गत वर्ष रिलिज संख्या ५३ पुगेको थियो । यस वर्ष पनि यही हाराहारीमा फिल्म रिलिज हुने देखिन्छ ।

Results : 1507 - 1512 of 23515