मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1507 - 1512 of 22557
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १७, शनिवार

सुयोग गुरुङको निर्देशनमा बनेको फिल्म ‘फर्की फर्की’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका अभिनेता अनमोल केसीको जन्मदिन पारेर शनिबार सार्वजनिक पोस्टरमा उनलाई मात्र स्थान दिइएको छ । उनी दुई फरक अवस्थामा चित्रित छन् । एउटामा सोचमग्न देखिएका उनी अर्कोमा कतै हिँडिरहेका देखिन्छन् । पोस्टरमा प्रयोग केही बिम्बले उनको चरित्रबारे संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १६, शुक्रवार

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार दिउँसो काठमाडौं आएकी हुन् । पहिलोपटक नेपाल आएकी उनी उक्त रनवेमा आरबीको गहनाहरु लगाएर ‘शो-स्टपर’को रुपमा र्‍याम्पमा उत्रिने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १६, शुक्रवार

‘नुमाफुङ’बाट निर्देशनमा अग्लो कद बनाएका नवीन सुब्बाले करिब एक दशकपछि कमब्याक गरेको फिल्म ‘गाँउ आएको बाटो’ले यतिबेला अन्तर्राष्ट्रिय फेस्टिभलहरुको फन्को लगाइरहेको छ । टोरोन्टो, बुसान, गोटेबर्ग, मुम्बई, पुणे जस्ता फेस्टिभलहरुमा छनोट भएको फिल्म अब चीनको सबैभन्दा प्रतिष्ठित मानिने ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’को १२औं संस्करणमा छानिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १६, शुक्रवार

प्रदर्शनको एक हप्तामा फिल्म ‘महाजात्रा’ले घरेलू बजारमा सानदार अंक जोडेको छ । १ करोड २३ लाखको ओपनिङ गर्दै पहिलो विकेन्डमा ४ करोड २६ लाख कमाएको फिल्मले पहिलो हप्तामा ६ करोड नघाएको छ । शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा एक हप्ताको कमाई ६ करोड २४ लाख उल्लेख छ । अर्थात् फिल्मले सोमबारदेखि बिहीबारसम्म १ करोड ९८ लाख कमाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १६, शुक्रवार

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८१ को मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक पोस्टरमा पात्रहरुको मनोदशा प्रस्तुत गरिएको छ । अभिनेता पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत छिन् । फिल्मले अपराधको कथा बोल्ने पोस्टरले संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १६, शुक्रवार

आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता निश्चल खड्कालाई प्रस्तुत गरिएकोमा यसपटक उनीहरुसँगै अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्मालाई रोमान्टिक अवतारमा चित्रित गरिएको छ ।

Results : 1507 - 1512 of 22557