Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1519 - 1524 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार

अभिनय विधामा आधारित भएर सुरु हुन लागेको रियालिटी शो ‘एक्टिङ स्टार’मा तीनजना निर्णायक रहने भएका छन् । बुधबार शोको निर्माण कम्पनी महक मिडिया नेटवर्कले एक पोस्टर सार्वजनिक गर्दै अभिनेता तथा निर्देशक नीर शाह, रंगकर्मी तथा फिल्म निर्देशक अनुप बराल र अभिनेत्री ऋचा शर्मा निर्णायक (जज) रहने जानकारी गराएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार

भारतलाई विश्वको ठूलो फिल्म बजार मानिन्छ । घरेलु र हलिउड फिल्महरुले वर्षेनि भारतमा अर्बौंको व्यापार गर्दै आइरहेका छन् । सन् २०१७ मा ‘बाहुबली २’ले मात्र भारतमा एक हजार करोड कमाएको थियो । ‘अवतार’, ‘एभेन्जर्स इन्ड गेम’ जस्ता हलिउड फिल्मले पनि भारतमा ४ सय करोडमाथि कमाएका थिए । यसले पनि भारतीय बजारको आयतन कति ठूलो छ भन्ने देखाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २७, बिहिवार

लामो समयदेखि चर्चामा रहेको नाम हो, ‘माग्ने राजा’ । दुई वर्षअघि दीपकराज गिरी र दीपाश्री निरौलाले यो नाममा फिल्म बनाउन लागेका थिए । तर, पछि यसैको स्क्रिप्टमा ‘छक्कापञ्जा ४’ बनाए । यद्यपि, उनीहरु ढिलोचाँडो ‘माग्ने राजा’ नाममा फिल्म बनाउने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिएकाले अब यो नाम दीपक-दीपाको हातबाट फुत्किएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २६, बुधवार

गत कात्तिक ३० गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट (टिभी) राइट्स भारतीय कम्पनी जी-नेटवर्कले खरिद गरेको छ । बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी-नेटवर्कका अधिकारीले दुईवटा राइट्सको खरिद सम्झौता गरेका हुन् । यसको जानकारी नीता र हरिहरले फेसबुकमार्फत् गराएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २६, बुधवार

अभिनेत्री सुरक्षा पन्त र अभिनेता प्रदीप खड्काले पहिलोपटक फिल्ममा सहकार्य गरेका छन् । त्यो फिल्म हो, ‘पिताम्बर’ । तर, यसमा उनीहरुको जोडी भने बाँधिएको छैन । न त स्क्रिनमा नै एकसाथ देखिनेछन् । यो फिल्मको छायांकन सकाएर यसै साता काठमाडौंमा आयोजित एक फेस्टिभलको कार्यक्रममा सहभागी भएका उनीहरुले एकअर्काको खुलेर तारिफ गरेका थिए ।

Results : 1519 - 1524 of 23515