Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1501 - 1506 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ पौष ३, बुधवार

आरएल लामा मोक्तानको लेखन तथा निर्देशनमा फिल्म ‘चिट्ठा’ बन्ने भएको छ । यही पुष दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्ममा अभिनेता धीरेन शाक्य मुख्य भूमिकामा देखिने भएका छन् । उनीसहित भोलाराज सापकोटा, अर्जुन गुरुङ (भँगेरी डन), निमा लामा र रसिला कार्कीको पनि फिल्ममा अभिनय रहनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ३, बुधवार

विश्वकै प्रतिष्ठित अवार्ड मानिने ओस्कारमा यसपटक पनि नेपाली फिल्म छनोट हुन असफल भएको छ । ९७औं ओस्कार अवार्डका लागि मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको थियो । बुधबार ओस्कार आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको १५ फिल्मको सर्टलिस्टमा ‘शाम्बाला’ पर्न सकेन ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ३, बुधवार

आगामी फागुन महिनामा फिल्म रिलिजको चाप देखिने भएको छ । आधा दर्जनभन्दा बढी फिल्म यही महिना रिलिजको तयारीमा छन् । यसैबीच, भ्यालेनटाइन डेको अवसर पारेर फागुन २ गते फिल्म ‘रंगी’ प्रदर्शनमा आउने भएको छ । बुधबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा अर्को फिल्म ‘दुःखी आत्मा’ पनि प्रदर्शनको तयारीमा छ ।

एजेन्सी, काठमाडौं, २०८१ पौष २, मंगलवार

भारतीय बक्स अफिसमा ‘पुष्पा २’को गति अझै मत्थर हुने छाँटकाँट देखिँदैन । दोस्रो हप्तामा पनि व्यापारिक रफ्तार निकै बलियो छ । फिल्मको व्यापार हिन्दी भर्सनमा मात्र ६ सय करोड पुग्न लागेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले दोस्रो हप्ताको सोमबारसम्म हिन्दी भर्सनमा ५८८ करोड कमाएको छ । दोस्रो सोमबार फिल्मको कमाइ २० करोड ५० लाख रह्यो ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २, मंगलवार

अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘सोल्टिनी’मा कलाकारको लाइनअप बलियो बनेको छ । केही दिनअघि अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बू मुख्य भूमिकामा रहने जानकारी गराउँदै फिल्मको घोषणा गरिएको थियो । त्यसपछि कलाकार विल्सन विक्रम राई भित्रिए । अब थप नाम चलेका कलाकारहरु फिल्ममा जोडिएका छन् ।

Results : 1501 - 1506 of 23515