Most Recent News Headlines
Results : 13945 - 13950 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-12-09, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् 'सेतो सुर्य' र 'पार्सल' ।

फिल्मीखबर, काठमाडौं, 2016-12-09, शुक्रवार
शुक्रबार बिहान विराटनगरमा निधन भएका कलाकार आरपी भट्टराई 'रादाराम'को भोली मात्रै दाह संस्कार हुने भएको छ । उनका दुई छोरा तथा आमा काठमाडौंमा रहेको तथा भाई दिल्लीमा रहेको कारण आउन ढिला हुनेभएकोले भोलीमात्रै दाह संस्कार हुने देखिएक पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-09, शुक्रवार
सानो पर्दाका लोकप्रिय अनि चर्चित कलाकार आरपी भट्टराई (रादाराम) को निधन भएको छ । विराटनगर स्थित फुपुको घरमा विहान उनि मृत भेटिएको बताईएको छ । बिहिबार सांझ खाना खाने गरी उनि फुपुकोमाघरमा पुगेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-12-08, बिहिवार
पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियको नाममा फिल्म फेस्टिभल चल्ने क्रम बढ्दो छ ।यो बीचमा राजधानीमा बिहिबारबाट अर्को एक फिल्म फेस्टिभल सुरु भएको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ (किम्फ) को बिहिबार एक समारोहबीच उद्घाटन गरे।

फिल्मीखबर, काठमाडौं, 2016-12-08, बिहिवार
भर्स्टाईल एक्टरको उपमा पाएका अभिनेता सौगात मल्ल र कमली वाईवा स्टारर फिल्म 'शब्द' को ट्रेलर सार्वजनिक भएको छ । पौष २९ लाई प्रदर्शन मिति तय गरेको निर्माण टिमले प्रचारलाई अघि बढाउँदै बिहिबार ट्रेलर बाहिर ल्याएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-08, बिहिवार
वैशाख १ गतेका लागि ‘घामपानी’, ‘लव लव लव’ र ‘राधे’ले तीन फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन् । तर निगम श्रेष्ठ निर्देशित ‘लालपूर्जा’ले पनि यही मितिमा रिलिज गर्ने तयारी गरेपछि वैशाख १ ले धेरैको ध्यान तान्ने निश्चित छ । तर रहस्यमय विषय त योछकि तीन तीन वटा फिल्म रिलिज हुन लागेको थाहा पाउँदा पाउँदै चौथो फिल्म किन आउन लाग्दैछ ?
Most Visited News (monthly)

