मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सैफ बन्ने भए डाक्टर

एजेन्सी, मुम्बई, 2017/05/15

सैफ अली खान १९९९ पछि यस बर्ष एकसाथ चार फिल्ममा देखिँदैछन् ।  एक रिलिज (रंगून) भैसकेको छ र अरु तीन (शेफ, कलाकंदी र बाजार) बाँकी छन् । एक रिपोर्टका अनुसार, सैफ अली खान विपुल शाहको फिल्ममा अब डाक्टरको भूमिकामा देखिँदैछन् ।  

विपुलले हालैमा एक भारतीय मिडियासँगको अन्तर्वार्ताको क्रममा भने, ‘यो फिल्मको कहानी मैले सन् २००९ मा बनाउन सुरु गरेको थिएँ ।  त्यसबेला म यो फिल्म बनाउन चाहन्थें तर यो प्रोजेक्ट निकै लेट भयो । खासमा, यो मेडिकल ड्रामाको रिसर्चको निकै आवश्यक थियो । जसमाथि हाम्रा राइटर्स सुरेश नायर र रितेश शाह काम गरिरहेका थिए ।’ विपुलले भने कि सैफ अली खानसँग अहिले यो फिल्मको विषयमा कुराकानी भैरहेको छ ।