

गएको वर्ष रिलिज भएको सुपरहिट फिल्म 'छक्का पन्जा'ले प्रदर्शनको सय दिनमा १७ करोडको आसपासमा व्यापार गर्यो । यसलाई नेपाली फिल्म इतिहासको सर्वाधिक व्यापार गर्न सफल फिल्मको रुपमा लिइएको छ । यो रेकर्डलाई प्रदर्शनको २१ दिनमा तोड्ने दावी गरेका थिए 'लुट २' निर्माता माधव वाग्लेले तर उनको त्यो सपना अधुरै रह्यो । 'लुट २' को लाइफटाइम कलेक्शन ७ करोडमाथि रहेको बताइएको छ । सबैलाई आश पनि थियो यदी 'छक्का पन्जा'को व्यापारिक रेकर्ड कसैले तोड्छ भने त्यो 'लुट २' नै हो । तर, सबैको आश निराशामा परिणत भयो ।


पछिल्लो समय नेपाली फिल्मको प्रचार- प्रसारमा फरक फरक शैली भित्रिरहेका छन् । सडकमा कन्सर्टदेखि विभिन्न उपहारका प्याकेजहरु फिल्मको प्रचार प्रसारको क्रममा निर्माण पक्षले ल्याउने गरेको छ । यसबाट असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको 'म यस्तो गीत गाउँछु' पछाडि पर्ने त कुरै भएन ।



