Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पुष २८ मा ‘राज्जा रानी’, यस्तो छ टीजर

फिल्मीखबर, काठमाण्डौ, 2017/11/01
 
पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘राज्जा रानी’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा नायक नाजिर हुसेनलाई प्रस्तुत गरिएको छ । नायक आर्यन सिग्देलको होम प्रोडक्शन हाउसबाट निर्मित यो फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक थापा आफैको हो । 
 
सानो भेगको जनजाति कथामाथि निर्माण भएको फिल्मका निर्माता रमेश एमके पौडेल हुन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । 
 
फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय छ । 
 

टीजर हेर्नुहोस् :-

 

Most Visited News (monthly)