मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोलमाल अगेन’ले कमायो २ सय करोड

एजेन्सी, मुम्बई, 2017/11/01
 
बलिउड स्टार अजय देवगनको फिल्म ‘गोलमाल अगेन’ यस वर्षको दिपावलीलाई लक्षित गर्दै प्रदर्शनमा आएको थियो । यो फिल्म प्रदर्शनको मात्र ४ दिनमा सय करोडमा इन्ट्री भयो । फिल्मको विजनेश अझै ओरालो लाग्ने छाँटकाट देखिएको छैन । यो सुनेर तपाई आश्चर्यमा पर्नुहुन्छ कि ‘गोलमाल अगेन’ले दोस्रो हप्तामै दुई सय करोडको खातामा आफ्नो नाम लेखाएको छ । 
 
यस वर्ष प्रदर्शनमा आएको फिल्म 'बाहुबली २' पछि यो दोस्रो सबैभन्दा हिट फिल्म बनेको छ । फिल्मलाई रोहित शेट्टीले निर्माण गरेका हुन् । फिल्मले रिलिजको पहिलो दिन नै ३२ करोड कमाएको थियो । ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो ट्विटर ह्यान्डलमार्फत फिल्मको दोस्रो हप्ताको सोमवारसम्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । फिल्मले सोमवार ४ करोड ३३ लाख कमाएको छ । 
 
यदी भारतीय बक्स अफिसको मात्र कलेक्सनको कुरा गर्ने हो भने फिल्मले कूल १७१ करोड ८६ लाख भारतीय रुपैयाँको ब्यापार गरेको छ । यस्तै, फिल्मले ओभरसीजबाट हालसम्ममा कूल ३८ करोड ३९ आम्दानी गरेको छ । यी दुवै जोड्ने हो भने फिल्मले विश्वभरबाट कूल २ सय १० करोड २५ लाख कलेक्सन गर्न सफल भएको छ । 
 
तपाईलाई जानकारी रहोस् कि यो अजयको अहिलेसम्मको सबैभन्दा हिट फिल्म हो । फिल्ममा यस पटक हरर कमेडीले दर्शकलाई निकै मनोरञ्जन दिएको छ । फिल्ममा अजय देवगन, कुणाल खेमू, अरशद वारसी, तुषार कपूर, श्रेयष तलपडे, तब्बू र परीणीति चोपडा मुख्य भूमिकामा छन् । यो फिल्मको सफलतापछि रोहित शेट्टी 'फिर गोलमाल' बनाउने तयारीमा जुटेका छन् ।