Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'होलिडे'का क्यामेराम्यान दिनेश बान्तवा यूरोपमा फरार, निर्माण टीमले हाल्यो उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2017/10/31
नेपाली चलचित्र 'होलिडे'का छायाँकार दिनेश कुमार राई (बान्तवा) यूरोपको बेल्जियमबाट फरार भएको बताईएको छ । बसन्त निरौला निर्देशित उक्त चलचित्रको सम्पूर्ण छायांकन सकेर नेपाल फर्किन १ दिन बाँकी रहँदा राई सम्पर्क बिहिन भएको निर्देशक निरौलाले बताए ।
 
राईले पासपोर्ट र महत्वपूर्ण कागजात साथमा लिएर फरार भएको बताईएको छ । 'केहि सामान किन्न भनि बाहिर निस्केका राई त्यसपछि सम्पर्कमा आएका छैनन्', निर्देशक निरौलाले भने 'कतै केहि भयो कि भनि प्रहरीको पुग्यौँ तर कुनै अप्रिय घटना भएको पत्ता लागेन । प्रहरीले पनि उनि फरार भएको भन्दै खोजी कार्य तिव्र बनाएको छ' ।
 
 
दिनेशसँगै नेपाल फर्किन टिकट लिएका नायक गौरव पहारी सहित मूख्य सहायक निर्देशक बिनय पौडेल भने सोमबार नै नेपाल आईसकेका छन् । आइतबार देखि दिनेश सम्पर्क बिहिन भएका हुन् । उनले घरमा लैजान भनेर किनेका सामानसहितको लगेज भने यत्तिकै छोडेका छन् । दुई महिनाको लागि प्रवेशाज्ञा पाएका उनको भिसा अवधी अझै केहि दिन बाँकी रहेको बताईएको छ । निर्देशक निरौला सहित चार जना अझै यूरोपमा नै रहेको र नोवेम्बर पाँच तारिक सम्ममा सम्पर्कमा आएर नेपाल नफर्केमा त्यहाँको कानुन बमोजिमको कारवाही हुने निर्माता तथा कलाकार श्याम श्रेष्ठले बताए । श्रेष्ठ सहित हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले 'होलिडे' टीमलाई स्पोन्सर गरेका थिए । श्यामले यूरोपको जुनसुकै स्थानमा भएपनि कारबाही गर्ने बताएका छन् ।
 
 
श्यामका अनुसार दिनेशलाई लुक्न सहयोग गर्ने सहयोगीलाई पनि मानव तस्करीको मुद्दा चलाई हदैसम्मको कारवाही हुन्छ । निर्देशक निरौलाले आफुले बिश्वास गरेर लगेको तर दिनेशले बिश्वासघात गरेकोले कारबाही गरेरै छोड्ने बताए । यदि उनलाई प्रहरीले पक्राउ गरेको खण्डमा उनलाई फेला पार्न खर्च भएको सम्पूर्ण रकम प्रहरीलाई बुझाउनै पर्ने नियम रहेको बताईएको छ । दिनेश चलचित्र प्राविधिक संघका कार्यसमिति सदस्य समेत हुन् । 
 
यस्तो छ प्रहरी रिपोर्ट (डच भाषामा)
 
 
 
 
 
Most Visited News (monthly)