Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निखिलले प्राविधिकलाई पैसा नदिएपछि रोकियो ‘कमिटमेन्ट’को छायांकन

फिल्मीखबर, काठमाण्डौ, 2017/11/01
 
नायक निखिल उप्रेतीको अभिनय, निर्माण र निर्देशनमा बनिरहेको फिल्म 'कमिटमेन्ट सिक्स्टी आवर्स'को छायांकन रोकिएको छ । खबरका अनुसार, करीब २ महिनादेखि यो फिल्मको छायांकन भएको छैन । पारिश्रमिक नपाएको भन्दै १९ जना प्राविधिकले काम छाडेपछि फिल्मको छायांकन अगाडि बढ्न नसकेको हो । 
 
चलचित्र प्राविधिक संघको पहलमा काम छाडेका प्राविधिक र निखिलबीच १५ दिनभित्र पारिश्रमिक दिने सहमती भएको छ । निखिलले प्राविधिकलाई ७ लाख बराबरको पारिश्रमिक दिन बाँकी छ ।  फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, 'कमिटमेन्ट'को ३० प्रतिशत मात्र छायांकन सकिएको छ । 
 
यो फिल्मको छायांकन नेपाल, अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायतका स्थानमा हुँदैछ । 'कमिटमेन्ट'मा निखिलले आफ्नै साली सिवानी लुइँटेलसँग रोमान्स गर्दैछन् । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्मको लागत ३ करोडमाथि बताइएको छ ।
 
फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको पनि मुख्य भूमिका छ । ७० प्रतिशत भारतीय भाषामा बन्ने यो फिल्ममा ३० प्रतिशत मात्र नेपाली भाषा हुनेछ । यो फिल्म निर्माणमा निखिलको होम प्रोडक्शन हाउसले पनि सहकार्य गरेको छ । 
Most Visited News (monthly)