
तेलुगू फिल्म इन्डस्ट्रीबाट एउटा दुखद् खबर आएको छ । दिग्गज अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको आइतबार बिहान ४ बजे हैदराबादस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ८३ वर्षका थिए । उनको निधनप्रति भारतीय कलाकारहरुले शोक व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तमिलको एउटा उम्दा फिल्म मानिन्छ, ‘९६’ । सन् २०१८ मा रिलिज भएको यो फिल्मले त्यसबेला २० बढी अवार्ड जितेको थियो । यो इन्टरनेट मुभी डेटा बेस (आईएमडीबी)मा उच्च रेटिङ पाउने तमिल फिल्म समेत हो । १० मा ८.५ रेटिङ पाएको फिल्ममा दुई दशकपछि भेटिएका राम र जानु पात्रको सम्बन्धलाई सुन्दर तरिकाले देखाइएको छ । यस फिल्मका निर्देशक सी. प्रेम कुमार हुन् ।


गायक अशोक दर्जीले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘मन बिनाको धन’ आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार फिल्मकी निर्मात्री बिष्णुमाया मैनाली र वितरक कम्पनीहरूबीच भएको सम्झौतापछि फिल्मलाई उक्त मितिमा प्रदर्शन गर्ने निधो गरिएको हो । नेपालभित्र फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

हरेक वर्षको असार र साउनमा फिल्म रिलिजको खडेरी नै हुने गरेको छ । यो दुई महिना वर्षायाम भएकाले निर्माताहरु व्यापार प्रभावित हुने भयले फिल्म रिलिज गर्न चाहँदैनन् । यस वर्षको असारमा त झन् जम्मा एउटा फिल्म रिलिज भएको छ । त्यो हो, ‘यो मन त मेरो नेपाली हो’ । शुक्रबारदेखि हलमा लागेको यो फिल्म यसपालिको असार महिनाको पहिलो र अन्तिम रिलिज फिल्म हो ।

चर्चित कमेडियन खड्गबहादुर पुन ‘खबपु’लाई मुख्य भूमिकामा लिएर बनेको फिल्म ‘चिट्ठी’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले गुरु पूर्णिमाको अवसर पारेर बिहीबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराएको हो । कुवेर सिने डिस्ट्रीब्युसनले फिल्मलाई देशभर वितरण गर्नेछ ।

