मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1189 - 1194 of 22568
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

नेपाली फिल्ममा बोन्डिङ पार्टनरको रुपमा सहकार्य गर्दै आएको स्वदेशी उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक समारोहका बीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरुमार्फत यसको प्रचार गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मण सुनारले दोस्रो फिल्मको रुपमा ‘बन्दी’ निर्देशन गर्ने भएका छन् । सुशील पोखरेलको निर्माणमा बन्न लागेको फिल्मको कथा सुशील देवकोटाले लेखिरहेका छन् । स्क्रिप्ट फाइनल गरेर अबको केही महिनामा छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । बन्दीको अर्थ बन्धक बनाइनु भन्ने हुन्छ ।

एजेन्सी, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

विगत एक/डेढ वर्षदेखि बलिउड सुपरस्टार अक्षय कुमारले हलमा आफ्नो ‘स्टारडम’ देखाउन सकेका छैनन् । ‘ओएमजी २’बाहेक ‘राम सेतु’, ‘सम्राट पृथ्वीराज’, ‘बडे मियाँ छोटे मियाँ’, ‘सेल्फी’, ‘बच्चन पाण्डे’, ‘मिसन रानीगञ्ज’ जस्ता फिल्मको असफलताले उनको करिअर नै संकटग्रस्त बनेको छ । अब उनलाई आशा भनेको आगामी १२ जुलाईमा रिलिज हुन लागेको फिल्म ‘सरफिरा’प्रति छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अप्रत्यासित व्यापार गर्‍यो । प्रदर्शनको ५१औं दिन समेत मनाएको फिल्मले दश करोडमाथि व्यापार गरेको छ । फिल्मले सफलता पाए पनि टिमभित्र भने असन्तुष्टि देखिएको छ । आइतबार फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारतीले निर्मात्री केकी अधिकारप्रति लक्षित गर्दै आफूलाई बेवास्था गरिएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

कुनै बेला नेपाली फिल्मलाई बलिउडको त्रास थियो । विशेषगरी तीन खान (सलमान, शाहरुख र आमिर)को फिल्म आउँदा हलमा केही हप्ता नेपाली फिल्म नै लाग्दैन थिए । अचेल भने साउथ फिल्म टाउको दुखाईको विषय बनिरहेको छ । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले नेपालमा गरेको कमाई हेर्दा साउथका ठूला स्टार र सिक्वेल फिल्मसँग भिड्न सहज देखिँदैन ।

Results : 1189 - 1194 of 22568