Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1189 - 1194 of 23516
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १८, आईतवार

गत बुधबार अर्थात् शिवरात्रिको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’को नयाँ गीत ‘कैले घाममा कैले छायाँमा’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको चौथो दिन सार्वजनिक गरिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना छ भने सुगम पोखरेलको गायन छ । कथा खुल्ने डरले निर्माण टिमले यो गीत फिल्म रिलिजअघि सार्वजनिक नगरेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १८, आईतवार

शिवरात्रिको अवसर पारेर गत बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’ घरेलु बक्स अफिसमा अपेक्षित रुपमा चल्न सकेको छैन । शनिबारसहित तीन दिनको विदामा एकाध शोहरु हाउसफुल भए पनि धेरै शो दर्शक अभावले रद्द हुन पुगे । आइतबारबाट फिल्मको अकुपेन्सी झनै दयनीय बनेको देखिन्छ । फिल्मले दर्शकको अपेक्षित साथ नपाएपछि निर्माण टिममा निराशा छाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १७, शनिवार
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १७, शनिवार

निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सकाएका छन् । कास्कीको घाचोकपछि काठमाडौंमा अन्तिम चरणको छायांकन गर्दै ३५ दिनमा शुक्रबार फिल्म प्याकअप भएको हो । इन्डक्ल्यापमा फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य खिचिएको थियो । फिल्मको घाचोकमा ३३ दिन र काठमाडौंमा २ दिन छायांकन भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १६, शुक्रवार
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १६, शुक्रवार

नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवम् गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित भएर निर्माण भएको फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा फुटबल खेलाडी बन्न एन्जिलाले गरेको संघर्षदेखि गाउँबाट काठमाडौं आएपछि फुटबल टोलीको कप्तान हुँदासम्मको कथा समेटिएको छ ।

Results : 1189 - 1194 of 23516