Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1177 - 1182 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-07-17, बिहिवार

अभिनेता विल्सन विक्रम राईको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’को छायांकन पूर्वी पहाडी जिल्ला इलामबाट सुरु भएको छ । बिहीबार क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेपछि अभिनेता धीरज मगरको पहिलो दृश्य खिचियो । इलाम र पाँचथर जिल्लामा फिल्मको एक महिना छायांकन हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-17, बिहिवार

बुधबार साँझ अभिनेता तथा निर्माता रमेश उप्रेतीको एउटा फेसबुक स्टाटसले फिल्म क्षेत्रमा तरंग नै ल्यायो । अक्सर राजनीतिज्ञप्रति कटाक्षपूर्ण स्टाटस लेख्ने गरेका उनले बुधबार भने अभिनेताप्रति लक्षित गर्दै अशिष्ट शब्द समेत प्रयोग गरे । ‘तोरी ५० लाखे’ भनेर लेखिएको उनको पोस्टको कमेन्टमा एकजना अभिनेताको नाम अत्याधिक आएपछि उनले करिब एक घन्टापछि स्टाटस नै हटाए ।

फिल्मीखबर, काठमाडौं, 2025-07-16, बुधवार

माथिको हरफ फिल्म ‘सिटामोल’मा समावेश गीतको हो । दुई साताअघि सार्वजनिक फिल्मको टिजरमा गीतको उक्त अंश समेटिएको थियो । त्यसमा सयौं टिकटक र रिल्स बने । दर्शकले सानो अंश नै अत्याधिक रुचाएपछि बुधबार निर्माण टिमले पूरा गीत सार्वजनिक गरेको छ । संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द गोविन्द भट्टले लेखेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2025-07-16, बुधवार

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा सिवाकोटीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै २०८० सालमा घोषणा गरिएको फिल्म हो, ‘काजी’ । लक्ष्मण रिजालले निर्देशन गर्ने भनिएको यो फिल्मको २०८१ सालको बैशाख १ गतेलाई प्रदर्शन मिति समेत तय गरिएको थियो  । तर, घोषणाको दुई वर्ष बढी भइसक्दा पनि फिल्म निर्माण हुन सकेको छैन । अब भने यो फिल्म बन्ने निश्चित देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-16, बुधवार

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’ रामनवमीको दिन पारेर आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । 

फिल्मीखबर, काठमाडौं, 2025-07-15, मंगलवार

अभिनेता नाजिर हुसेनले पहिलो पटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’ आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । उक्त मिति ऋषिपञ्चमीको भोलिपल्ट परेको छ । 

Results : 1177 - 1182 of 23989