
गत वर्ष आएको फिल्म ‘पर्खि बसें तिमीलाई’बाट डेब्यु गरेका अभिनेता हुन्, किरण श्रेष्ठ । यो फिल्म व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि उनले अभिनयमा राम्रो सम्भावना देखाएका थिए । अब उनको दोस्रो फिल्म ‘दान्भी’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । डेब्यु फिल्ममा लभर ब्वाईको रुपमा प्रस्तुत भएका उनी यसमा भने एक्सन अवतारमा देखिँदैछन् ।

नेपाली फिल्ममा धेरै कलाकार भए पनि हरेक विधामा निपूर्ण थोरै मात्र छन् । अभिनयमा अब्बल भएका नृत्यमा कमजोर देखिन्छन् । एक्सन राम्रो हुनेको अभिनय र नृत्य उम्दा देखिन्न । यसैले नेपाली फिल्ममा ‘प्याकेज हिरो’ नभएको अक्सर चर्चा हुन्छ । तर, कुनै समय अभिनेता सुशील क्षेत्रीले आफूलाई हरेक विधामा प्रमाणित गरेका थिए । अभिनय, नृत्य र एक्सनमा उनी निपूर्ण मानिन्छन् ।

यतिबेला नेपालका हलमा फिल्मको ठूलो चाप देखिएको छ । नेपाली र विदेशी फिल्मले हल भरिभराउ छन् । त्यसमा कुनै नयाँ छन् त कुनै पुराना फिल्म । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा मात्र अहिले दशवटा फिल्म प्रदर्शन भैरहेका छन् । त्यसमध्ये ६ वटा विदेशी र ४ वटा नेपाली छन् । यसरी हेर्दा हलमा फिल्मको अभाव छैन । र, केही फिल्मले राम्रो व्यापार पनि गरिरहेका छन् ।

गत जेठ १० गतेबाट प्रदर्शनरत फिल्म ‘पूजार सार्की’ चौंथो हप्तामा प्रवेश गरिसकेको छ । तर, फिल्म हेर्ने दर्शकको चाप अझै पनि राम्रो देखिन्छ । विशेषगरी साँझतिरका शोजमा अकुपेन्सी सुखद् छ । फिल्मले आम दर्शकसँगै नेताहरुलाई पनि हलमा तानिरहेको छ । बिहीबार बिहान पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि फिल्म हेरेका छन् ।

गत वर्ष आएको फिल्म ‘गदर २’ले अभिनेता सनी देओलको संकटग्रस्थ करिअरलाई ठूलै राहत दियो । यो फिल्मले भारतमा मात्र ५ सय करोड कमाएको थियो । अब सनीको अर्को पुरानो ब्लकबस्टर फिल्म ‘बोर्डर’को पनि सिक्वेल बन्ने भएको छ । बिहीबार टिजर भिडियोमार्फत फिल्मको निर्माण घोषणा गरिएको हो । टिजरमा ‘बोर्डर २’लाई ‘भारतको सबैभन्दा ठूलो वार फिल्म’ भनिएको छ ।

तीज विदालाई लक्षित गर्दै आगामी भदौ २१ गते फिल्म थपिने क्रम जारी छ । यो मितिमा निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’ प्रदर्शनमा आउने तयारीमा छ भने अब अर्को फिल्म ‘देवी’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै तीजलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्ममा अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव पहारी मुख्य भूमिकामा छन् ।