Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1171 - 1176 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-07-18, शुक्रवार

गत जेठयता नेपाली फिल्मको व्यापारमा शिथिलता आएको भए पनि नयाँ फिल्मको निर्माण घोषणा उत्साहजनक रूपमा भइरहेको छ । गत बैशाखयता दुई दर्जन बढी फिल्मको औपचारिक रूपमा घोषणा भइसकेको छ भने चलचित्र विकास बोर्डमा गएको तीन महिनामा मात्र ८० बढी फिल्मले निर्माण इजाजत लिइसकेका छन् । यसरी हेर्दा फिल्म निर्माणमा अभूतपूर्व आकर्षण देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-18, शुक्रवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बाटो: रोड टू डेथ’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका मदन थापाले दोस्रो फिल्मको रुपमा ‘परिवार’ बनाउने भएका छन् । शुक्रबार फिल्मको शुभमुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ । करिब एक महिनाको सेड्युलमा फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-18, शुक्रवार

पहिलो पटक नेपाली फिल्म बंगलादेशमा रिलिज भएको छ । अघिल्लो वर्षको माघ ११ गते नेपालमा प्रदर्शन भएको फिल्म ‘केटी हराएको सूचना’ बंगलादेशका हलमा शुक्रबार (आज)बाट प्रदर्शनमा आएको हो । अनलाइन पोर्टल भ्यूज बंगलादेशका अनुसार मल्टीप्लेक्स चेन स्टार सिनेप्लेक्सको ढाकासहित अन्य सहरका हलमा फिल्मलाई प्रदर्शन गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-07-18, शुक्रवार

जातीय भेदभाव र छुवाछूतको कथामा बन्न लागेको फिल्म ‘जदौ’लाई काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा आयोजित फिल्मको घोषणा सभामा निर्देशकबारे जानकारी गराइयो । यसअघि फिल्ममा अनुबन्ध भएका कलाकारको बारेमा जानकारी गराइए पनि निर्माण पक्षले निर्देशकको नाम गोप्य राखेको थियो । 

फिल्मीखबर, काठमाडौं, 2025-07-17, बिहिवार

यही साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे ३ मिनेटभन्दा लामो ट्रेलरमा रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने नेपाली युवाहरुको बाध्यता र विदेशमा उनीहरूले भोग्नुपरेको चरम यातनालाई मर्मस्पर्शी ढंगबाट देखाइएको छ । ट्रेलरले सहकारी ठगीको कथामा पनि फिल्म आधारित रहेको खुलासा गर्छ । 

Results : 1171 - 1176 of 23989