Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1159 - 1164 of 24142
फिल्मीखबर, काठमाडौं, 2025-09-02, मंगलवार

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ११ सेकेन्ड लम्बाइको टिजरले फिल्मको कथावस्तुबारे केही झलक दिएको छ । फिल्म प्रेम, विछोड र सम्बन्धमा आउने जटिलतामा आधारित रहेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-09-02, मंगलवार

राजनीति र फिल्म क्षेत्रमा एउटा भनाइ चर्चित छ, ‘यहाँ कोही स्थायी शत्रु वा मित्र हुँदैनन् ।’ यी दुई क्षेत्रमा वर्षौंसम्म घनिष्ठ देखिएका व्यक्तिहरू अकस्मात् टाढिएका उदाहरण प्रशस्त छन् भने लामो दूरीपछि घनिष्ठ मित्र बनेका दृष्टान्तहरू पनि कम छैनन् । यतिबेला फिल्म क्षेत्रमा अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काको सम्बन्धमा चिसोपना आएको चर्चा भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-09-02, मंगलवार

लभस्टोरी फिल्मका लागि परिचित निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘कुमारी’को छायांकन सुरु गरेका छन् । मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभ मुहूर्त गरेपछि पाटन क्षेत्रमा छायांकन थालिएको हो । मुहूर्त समारोहमा निर्देशक राउतसँगै फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभन्डारी तथा निर्माता महेन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-09-02, मंगलवार

अभिनेता दीपकराज गिरी र निर्माता सन्तोष सेनबीच तीतो-मीठो सम्बन्ध नयाँ होइन । कहिले उनीहरू अंकमाल गर्दै भाइचाराको सम्बन्ध दर्शाउँछन् त कहिले कटाक्ष र व्यंग्यमार्फत वाकयुद्धमा उत्रिन्छन् । एकपटक फेरि उनीहरूबीच सामाजिक सञ्जालमा कटाक्ष र आरोप-प्रत्यारोप चलेको छ । सन्तोषले त दीपकराजलाई तुच्छ सोच भएको व्यक्तिको संज्ञा समेत दिएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-09-01, सोमवार

गत शुक्रबार काठमाडौंको टुँडिखेलमा एक सांगीतिक कार्यक्रमका बीच लभस्टोरी फिल्म ‘कुमारी’को घोषणा गरिएको थियो । त्यस कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड केहर एन्ड द लुङ्गाले फिल्मका लागि तयार पारेको गीत ‘कहाँ छौ’ दर्शकमाझ प्रस्तुत गरेको थियो । सोही प्रस्तुतिको भिडियोसहित सोमबार उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । 

Results : 1159 - 1164 of 24142