Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1165 - 1170 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-07-21, सोमवार

ऋषिपञ्चमीको दिन पारेर आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कोशोढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक तीज भाकाको उक्त गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका मगरको स्वर, नेत्र अर्यालको शब्द रचना तथा गायक सेन्चुरी स्वयंको हुकलाइन र संगीत छ ।

एजेन्सी, काठमाडौं, 2025-07-21, सोमवार

न फ्रेन्चाइज फिल्म । न कुनै स्टार कलाकार । न कुनै पर्वमा रिलिज । न प्रचारका लागि कुनै सहरको भ्रमण या मिडिया अन्तर्वार्ता । यसका बाबजूद पनि भारतीय बक्स अफिसमा फिल्म ‘सैयारा’ले धमाका मच्चाएको छ । गीतको लोकप्रियता र ट्रेलरले बनाएको ‘हाइप’ले फिल्मलाई नसोचेको ओपनिङ दिलायो । यो सन् २०२५ को सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने चौथो फिल्म बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-21, सोमवार

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले करिब २ वर्षपछि हलमा गएर नेपाली फिल्म हेरेका छन् । पछिल्लो पटक २०७९ सालमा चितवनमा ‘प्रेमगीत ३’ हेरेका उनले आइतबार साँझ कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेर फिल्म ‘महाभोज’ हेरे । उनको साथमा माओवादी केन्द्रका अन्य नेताहरू पनि थिए ।

फिल्मीखबर, काठमाडौं, 2025-07-20, आईतवार

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । गत साता फिल्मको टिजर सार्वजनिक गरिएको थियो, जसले युट्युबमा भ्यूज र प्रतिक्रिया दुवै राम्रो पाएको छ । १३ लाख बढी भ्यूज प्राप्त टिजरलाई उल्लेख्य मात्रामा सकारात्मक प्रतिक्रिया मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-20, आईतवार

वर्षेनि चाडपर्वमा नेपाली फिल्म रिलिजको बाढी नै आउने गर्छ । तर, मनसुनी महिना असार र साउनमा भने रिलिजको चाप ह्वात्तै घट्ने गरेको छ । वर्षाले व्यापार प्रभावित हुने भयले निर्माताहरू हत्तपत्त यी दुई महिना फिल्म रिलिज गर्नै चाहँदैनन् । यसपटक पनि यही अवस्था रह्यो । गत असारमा जम्मा एउटा फिल्म रिलिज भयो । साउनमा भने तीनवटा फिल्म प्रदर्शन हुने तयारीमा छन् ।

एजेन्सी, काठमाडौं, 2025-07-19, शनिवार

दक्षिण भारतीय फिल्म उद्योगबाट एउटा दुखद् खबर आएको छ । आफ्नो अद्वितीय लवज र उत्कृष्ट कमिक टाइमिङका लागि परिचित साउथ अभिनेता फिश वेन्कट (वेन्कट राज)को निधन भएको छ । उनले शुक्रबार साँझ हैदराबादस्थित एक अस्पतालमा अन्तिम सास लिएका हुन् । लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका उनी ५३ वर्षका थिए । 

Results : 1165 - 1170 of 23989