मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1153 - 1158 of 22580
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ १९, बुधवार

नेपाली फिल्ममा सफल मानिएको जोडी दयाहाङ राई र मिरुना मगरको नयाँ फिल्म ‘घरज्वाइँ’ यही असार २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । मगर समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्मको गत साता ट्रेलर सार्वजनिक गरिएको थियो । जसलाई युट्युबमा भ्यूज र प्रतिक्रिया राम्रो मिलेको छ । रिलिजको एक हप्तामा ट्रेलरलाई ९ लाख बढीले हेरिसकेका छन् ।

एजेन्सी, काठमाडौं, २०८१ आषाढ १८, मंगलवार

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘नम्बरी सुन’ले नयाँ प्रदर्शन मिति रोजेको छ । मंगलबार फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने चित्रित एक पोस्टर सार्वजनिक गर्दै आगामी साउन २५ लाई प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको भदौ १ र माघ १९ गरी दुईपटक प्रदर्शन मिति घोषणा गरिए पनि पछि पोस्टपोन्ड भएको थियो ।

एजेन्सी, काठमाडौं, २०८१ आषाढ १८, मंगलवार
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ १८, मंगलवार

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी दम्पतीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपालीसँगै भारतीय कलाकारको पल्टन नै छ । फिल्ममा नेपालबाट नीता र हरिहरसहित विपना थापा, सञ्चिता लुईंटेल, प्रशान्त ताम्राकार, किरण केसी लगायतको अभिनय छ भने भारतबाट ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनील वर्मा, ब्रहानन्दम जस्ता कलाकारहरु छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ १७, सोमवार

गत वर्षको बैशाख १ गते फिल्म ‘बुलाकी’ प्रदर्शनमा आएको थियो । तर, यही मिति प्रदर्शन भएको फिल्म ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि निर्माताले दुई दिनमै फिल्म हलबाट उतारेका थिए । अब आगामी साउन ३२ गतेबाट फिल्मलाई पुनः प्रदर्शन गरिने भएको छ । भदौ ३ जनै पूर्णिमा र भदौ ४ गते गाईजात्राको सार्वजनिक विदालाई लक्षित गर्दै फिल्मलाई प्रदर्शन गर्न लागिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ १७, सोमवार

लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्म ‘सतीदेवी’ पूर्वघोषित मिति (साउन ४ गते) बाट झन्डै एक महिना पछाडि सरेको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा क्रिएशनले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।

Results : 1153 - 1158 of 22580