
यही साउन १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘रियाल रिङ्गेट’ले गीत र ट्रेलर रिलिजपछि कलेज केन्द्रित प्रचार अभियान सुरु गरेको छ । लक्षित समूहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप अहिले फिल्मका कलाकारदेखि गायकसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फिल्मबारे जानकारी गराउन व्यस्त छन् ।

विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा उपस्थिति जनाएपछि गत वर्ष नेपालमा प्रदर्शन भएको फिल्म ‘पूजा, सर’ (राजागंज) बुधबारबाट युरोपियन राष्ट्र फ्रान्समा रिलिज भएको छ । फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनका अनुसार फ्रान्सका ६२ हलमा एकैपटक फिल्म रिलिज भएको हो । फिल्मले हलमा दर्शक र समीक्षा दुवै राम्रो पाइरहेको कम्पनीले जनाएको छ ।

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ तिहारको संघारमा रिलिज हुने भएको छ । बिहीबार निर्माताले फिल्मको तीनवटा पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्म रिलिजको २ दिनपछि अर्थात् कात्तिक २ गतेबाट तिहार सुरु हुनेछ । तिहार विदा भने कात्तिक ३ गते (लक्ष्मीपूजा)बाट छ ।

यतिबेला भारतमा कुनै फिल्मको सर्वाधिक चर्चा छ भने त्यो ‘सैयारा’को हो । कारण, फिल्मले गरेको अविश्वसनीय व्यापार । नयाँ कलाकारलाई लिएर बनेको यो फिल्मले प्रदर्शनको ६ दिनमा भारतीय बक्स अफिसमा १५० करोड कमाइसकेको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा ३ सय करोड सजिलै पार हुने देखिन्छ । जबकि, यो फिल्म भारु ४५ करोडको लागतमा निर्माण भएको हो ।

जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ । आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढाव फिल्मको मूल कथा रहेको देखिन्छ ।

नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘एक्लो : वान’को केही महत्त्वपूर्ण दृश्य मंगलबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खिचिएको छ । फिल्मका प्रमुख अभिनेता विजय लामा र अभिनेत्री दीया पुन सहभागी भएको छायांकन करिब ६ घन्टा चलेको थियो । पनौतीमा खिचिएको दृश्य फिल्ममा जम्मा तीन मिनेटको हुने निर्देशक प्रदीप शाहीले बताए ।

