
कुनै बेला म्यूजिक भिडियोलाई मनोरञ्जनको रुपमा मात्र लिइन्थ्यो । र, त्यही हिसाबमा बन्थे । तर, अचेल फिल्मभन्दा पनि सशक्त दृश्यभाषा र प्रस्तुति म्यूजिक भिडियोमा हुन्छ । बुधबार सार्वजनिक गरिएको लोक देउडा तथा ठाडी भाकाको ‘हिरूलाल’ बोलको गीत यसको उदाहरण हो । गीतले उठाएको विषयदेखि कलाकारको अभिनयसम्म बुलन्द छ । यसमा कर्णालीको जीवन भेटिन्छ ।

कुनै समय काठमाडौंमा टिक्न डालोमा बदाम र गाडामा खोर्सानी बेच्ने गरेका बुद्धि तामाङ अहिले नेपाली फिल्मका सर्वाधिक व्यस्त र रुचाइएका चरित्र अभिनेतामा पर्छन् । फिल्म ‘कबड्डी’मा बोलेको ‘हैट’ थेगोले उनलाई कलाकारितामा स्थापित गरिदियो । र, यही थेगो उनको पहिचान बन्यो । आजका दिनमा पनि उनी वास्तविक नामले कम, ‘हैट’ थेगोका कारण नै दर्शकमाझ बढी चिनिन्छन् ।

फिल्म ‘होस्टेल रिर्टन्स’ (२०१५)बाट सम्भावना बोकेको अभिनेताको रुपमा सुशील श्रेष्ठको उदय भएको थियो । लुक्सका कारण यही फिल्मबाट उनको राम्रो क्रेज बन्यो । तर, यसपछि फिल्मको श्रृंखलाबद्ध असफलताले उनको करिअर अपेक्षित रुपमा अगाडि बढ्न सकेन । यतिबेला उनलाई एउटा ‘हिट’ फिल्मको खाँचो छ । र, अब उनलाई आशा भनेकै फिल्म ‘आउट ल : दफा २१९’ प्रति छ ।

गत वर्ष आएको फिल्म ‘चित्रा’का अभिनेता तथा निर्माता सन्तोष अधिकारीले अब ‘तैँ चुप् मैँ चुप्’ नाममा फिल्म बनाउने भएका छन् । बुधबार आफ्नो जन्मदिनको अवसर पारेर उनले फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन् । यसअघि घनश्याम र सन्तोषले ‘चित्रा’मा समेत सहकार्य गरेका थिए । फिल्ममा मनिष गौतमको स्क्रिप्ट लेखन रहेको छ ।

भारतकी प्रख्यात कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाले सञ्चालन गर्दै आइरहेको ‘लोल पोडकास्ट’को यतिबेला नेपालमा समेत चर्चा भइरहेको छ । यसको मुख्य कारण बलिउड अभिनेता रोहित सरफ हुन् । यतिबेला बलिउडमा सशक्त रुपमा उदाइरहेका उनले भारती र हर्षको पोडकास्टमा आफूलाई नेपालीको रुपमा चिनिएका छन् । यसले धेरैलाई आश्चर्य तुल्याएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन मिति ‘बुक’ गरेको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्मको अवस्था हेर्दा फिल्मले सोलो रिलिज पाउने सम्भावना देखिन्छ । किनकि, उक्त मिति अरु फिल्मले रोजिसकेका छैनन् । यो फिल्मले तीजलाई लक्षित गरेर प्रदर्शन मिति तय गरेको हो ।