Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1147 - 1152 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-07-26, शनिवार

शुक्रबार युट्युबमा सार्वजनिक भएको फिल्म ‘मोहर’को ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल भएको छ । रिलिजको २४ घण्टामै ट्रेलरलाई ५ लाख बढी भ्यूज प्राप्त हुनु र नेपालसहित ७ देशमा ट्रेन्डिङमा पर्नुले फिल्मप्रति दर्शकको उत्साह उच्च रहेको देखाउँछ । अहिले फिल्मको ट्रेलर साढे ६ लाख बढी भ्यूजसहित युट्युबको मूभी ट्रेलर सेक्सन अन्तर्गत नेपालको २ नम्बरमा छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-26, शनिवार

बलिराम चौहानको निर्देशनमा तयार भएको फिल्म ‘द ब्लू लाइट’ धान्यपूर्णिमाको छेको पारेर आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मकी मुख्य अभिनेत्री तथा कार्यकारी निर्माता बेनिशा हमालको जन्मदिनको अवसर पारेर शनिबार निर्माण पक्षले फर्स्टलुक टिजर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । 

फिल्मीखबर, काठमाडौं, 2025-07-25, शुक्रवार

अभिनेत्री बेनिशा हमाल शुक्रबार आफ्नो ३३औं जन्मदिन मनाउँदैछिन् । यो अवसरमा उनको मुख्य भूमिका रहेका नयाँ फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारिएको छ । देउकी कुप्रथा (मन्दिरमा कन्या केटी चढाउने प्रचलन)लाई मियो बनाएर फिल्मले प्रेमकथा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

एजेन्सी, काठमाडौं, 2025-07-25, शुक्रवार

यशराज फिल्म्सको ‘स्पाई यूनिभर्स’ भारतको सबैभन्दा सफल यूनिभर्समध्ये एक हो । यसको पछिल्ला पाँच स्पाई फिल्मले बक्स अफिसमा ठूलो आँकडा बनाउन सफल भए । अब यो यूनिभर्सलाई अगाडि बढाउन फिल्म ‘वार २’ आएको छ, जसमा बलिउडका ऋतिक रोशन र साउथका जुनियर एनटीआर आमनेसामने भएका छन् । शुक्रबार यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-25, शुक्रवार

यतिबेला अभिनेता प्रदीप खड्का अमेरिकामा छन् । आफ्नो नयाँ फिल्म ‘ऐरी’को पहिलो चरणको छायांकन सकाएर उनी यसै साता अमेरिका उडेका हुन् । उनी अमेरिका जानुको पछाडि दुईवटा उद्देश्य छ । एउटा, २ अगस्ट (साउन १७ गते) न्यूयोर्कमा हुने ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को फिनालेमा जज बन्न । दोस्रो, आफ्नो फिल्म ‘एक्टरः टेन वान’को अमेरिका प्रदर्शनमा सहभागी हुन ।

फिल्मीखबर, काठमाडौं, 2025-07-25, शुक्रवार

अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको सुपरहिट जोडीलाई एकपटक फेरि फिल्ममा हेर्न पाइने भएको छ । नयाँ फिल्म ‘मितज्यू’मा उनीहरुले सहकार्य गर्न लागेका हुन् । निर्माताले शुक्रबार एक पोस्टमार्फत फिल्ममा सौगात अनुबन्ध भएको जानकारी गराए । दयाहाङ भने केही महिनाअघि नै फिल्ममा अनुबन्ध भइसकेका छन् ।

Results : 1147 - 1152 of 23989