Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1129 - 1134 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-07-31, बिहिवार

करिब चार वर्षपछि सार्वजनिक भएको चर्चित गीत हो, ‘रेलको बाटो’ । कर्णाली र सहरको अवस्थालाई तुलना गरिएको यो गीतलाई युट्युबमा ९० लाख बढीले हेरिसकेका छन् । अब उक्त गीतको नाममा फिल्म बन्ने भएको छ । सोही गीतका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा ‘रेलको बाटो’ बन्न लागेको हो । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, 2025-07-31, बिहिवार

हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’का कलाकार कुमार कट्टेल (जिग्री)पछि अब सोही सिरियलका अर्का चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे)ले पनि फिल्म निर्देशन गर्ने भएका छन् । उनले ‘झरीपछिको इन्द्रेणी’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यो फिल्मको बिहीबार ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभ-मुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-30, बुधवार

बलिउडका चर्चित अभिनेता चंकी पाण्डे यसै साता काठमाडौं घुमेर स्वदेश फर्किए । बौद्धस्थित पाँचतारे होटल हयात रिजेन्सीमा दुई दिन बसेका उनले आइतबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा पूजाआजा समेत गरेका थिए । उनले त्यहाँ खिचेका केही तस्वीरहरू इन्स्टाग्राममा सेअर गर्दै लेखेका थिए, ‘साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न पाउँदा भाग्यमानी महसुस भयो ।’

फिल्मीखबर, काठमाडौं, 2025-07-30, बुधवार

कुनै समय कलाकार गणेश उप्रेतीले नेपाली फिल्ममा बलियो उपस्थिति जनाएका थिए । आफ्नो सक्रिय करिअरमा झन्डै एक सय फिल्ममा काम गरेका उनी कुनैमा बुबाको भूमिकामा देखिए त कुनैमा नकारात्मक भूमिकामा प्रस्तुत भए । फिल्ममा उनको राम्रै करिअर थियो । तर, केही वर्षअघि अमेरिका गएर त्यहीँ बसोबास गर्न थालेपछि उनको अविच्छिन्न अभिनय यात्रामा विश्राम लाग्यो ।

फिल्मीखबर, काठमाडौं, 2025-07-30, बुधवार

बलिउड सुपरस्टार आमिर खानको पछिल्लो फिल्म ‘सितारे जमीन पर’ले विश्वव्यापी सुखद कमाइ गर्‍यो । भारतमा मात्र फिल्मले १६४ करोड कमाएको छ । हलमा रिलिज हुनुभन्दा अघि यो फिल्मको डिजिटल अधिकार खरिद गर्न केही विश्वप्रख्यात ओटीटी प्लाटफर्मले प्रयास गरेका थिए । नेटफ्लिक्सले भारु १ सय २५ करोडको अफर समेत दिएको थियो । तर, आमिरले फिल्म बेचेनन् ।

फिल्मीखबर, काठमाडौं, 2025-07-30, बुधवार

एउटा फिल्मले कलाकारको करिअर कुन हदसम्म कायापलट गर्न सक्छ भन्ने उदाहरण हुन्, महेश त्रिपाठी । गत फागुनमा रिलिज भएको फिल्म ‘लाज शरणम्’मा उनले कर्णाली भेगको एक दु:खी पात्रको भूमिकामा गरेको अभिनयको सर्वत्र प्रशंसा हुँदा उनको करिअर नै नयाँ उचाइँमा पुगेको छ । यसअघि मुस्किलले फिल्म पाउने गरेका उनलाई अहिले फिल्म अफरको ओइरो लागेको छ ।

Results : 1129 - 1134 of 23989