मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1111 - 1116 of 22589
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २, बुधवार

कुनै बेला आदिवासी जनजातिको कथामा आधारित फिल्मलाई डकुमेन्ट्रीको संज्ञा दिइन्थ्यो । त्यसलाई मूलधारका फिल्म नै मानिँदैन थियो । जब ‘कबड्डी’ श्रृंखलाले सफलता हासिल गर्‍यो, त्यसपछि यो समुदायको कथा व्यावसायिक बन्न थालेको छ । पछिल्ला वर्षमा त आदिवासी जनजातिको कथामा बनेका फिल्महरु नै बढी सफल छन् । ‘जारी’देखि ‘मनसरा’सम्म यसका ज्वलन्त उदाहरण हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २, बुधवार

गत वर्ष सर्वाधिक फिल्म रिलिजको ‘रेकर्ड’ अभिनेता दयाहाङ राईको नाम रह्यो । कूल ९ वटा फिल्म प्रदर्शन भएका थिए । लगभग यही संख्यामा छायांकन पनि गरे । तर, फिल्मको संख्यात्मक वृद्धिले दर्शक भड्किने अवस्था आएपछि उनले गत चैतदेखि न नयाँ फिल्म साइन गरे न छायांकनमा जोडिए । बरु यो बीचमा प्रदर्शन भएका आफ्ना फिल्मको प्रचारमा समय दिए । विदेश पनि घुमे ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १, मंगलवार

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खुस्मा’को पहिलो रोमान्टिक गीत ‘खुशीका पल बटुलेर’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको संयुक्त गायन रहेको छ भने राम अविरल विष्टको शब्द रचना तथा गायक योगी स्वयंले संगीत भरेका छन् । गीत कर्णप्रिय सुनिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १, मंगलवार

गत फागुनमा प्रदर्शन भएको फिल्म ‘गोर्खा वारियर’ले अपेक्षाकृत व्यापार गर्न सकेन । तर, फिल्मको मेकिङ र कथावस्तुको प्रशंसा भएको थियो । अब यो फिल्म कोरियाली भाषामा प्रदर्शन हुने भएको छ । त्यसका लागि पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सले कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले ७ वर्षका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १, मंगलवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यही साउन ९ गतेबाट रिक्त हुँदैछ । अर्थात् भुवन केसीको कार्यकाल सकिँदैछ । उनी बोर्डबाट विदा हुन एक हप्ता बाँकी हुँदा अध्यक्षका लागि फिल्मकर्मीहरुको दौडधुप सुरु भैसकेको छ । असारको सुरुवातसम्म माओवादी निकट फिल्मकर्मीहरु अध्यक्षका लागि ‘लबिङ’मा थिए । त्यसबेला सरकार माओवादीको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १, मंगलवार

दर्शकमाझ उत्तिधेरै परिचित अभिनेता होइनन्, पृथ्वीराज प्रसाईं । तर, उनको नाममा ‘किस्मत २’ र ‘मंगलम’ गरी दुई सफल फिल्म छन् । संख्यामा भने उनको आधा दर्जन फिल्म पुगिसकेको छ । तर, सन् २०१८ मा प्रदर्शन भएको ‘डोली’पछि उनी कुनै फिल्ममा देखिएनन् । ५ वर्षपछि उनले फिल्म ‘ईश्वर’बाट कमब्याक गरेका छन्, जुन यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

Results : 1111 - 1116 of 22589