
यतिबेला अभिनेता पल शाहलाई दौडधुप र धपेडी निकै छ । किनकि, एकातिर उनी अभिनीत फिल्म ‘मोहर’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ भने अर्कोतिर आफ्नो निर्माण तथा अभिनय रहने फिल्म ‘यानीमाया’को ढोरपाटनमा कार्यशाला चलिरहेको छ । यसैले उनलाई समय मिलाउन ठूलो सकस परेको छ । केही दिनयता भने उनले ‘मोहर’को प्रचारमा पर्याप्त समय दिइरहेका छन् ।

गत वर्षको सफल फिल्म ‘खुस्मा’का निर्देशक अशोक थापा मगर अब दोस्रो फिल्मको रुपमा ‘जलाकी’ निर्माण गर्दैछन् । गत चैत्रमा केही प्रतिशत छायांकन भइसकेको फिल्मको दोस्रो चरणको छायांकन आगामी असोज २१ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । फिल्ममा ‘खुस्मा’कै जोडी धीरज मगर र उपासना सिंह ठकुरी दोहोरिएका छन् भने सोनम तोप्देनको पनि मुख्य भूमिका रहनेछ ।

निर्देशक कृषा चौलागाईँको नयाँ फिल्म ‘जहाजैमा’ आगामी भदौबाट छायांकनको तयारीमा छ । जापान, फिलिपिन्स र नेपालमा खिचिने फिल्मका लागि मुख्य कलाकारको लाइनअप पनि लगभग तयार भइसकेको छ । तर, फिल्ममा अनुबन्ध भएका अभिनेता सौगात मल्लले भने हात झिकेका छन् । हालै खुट्टाको सर्जरी गरेका उनले पात्रका लागि तयारी नपुग्ने भएपछि फिल्म छाडेका हुन् ।

यसै साता (शुक्रबार)बाट प्रदर्शनमा आएको फिल्म ‘रियाल रिङ्गेट’का निर्माताले भोलि सोमबारबाट प्रदर्शन रोक्ने निर्णय गरेका छन् । आइतबार निर्माता कम्पनी रेवल फिल्म्सका गगनलाल प्रधानले विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगितबारे जानकारी गराएका हुन् ।

हलिउड र बलिउडमा कुनै ठाउँ विशेषको दृश्य खिच्न असम्भव भए त्यस अनुरुपको सेट निर्माण गरेर फिल्म छायांकन गर्नु सामान्य भइसकेको छ । त्यसका लागि करोडौं/अर्बौं बजेट छुट्याइन्छ । नेपाली फिल्ममा भने खिच्न सम्भव हुने दृश्यमा पनि भिएफएक्स र क्रोमाबाट चिट गरिन्छ । जसले गर्दा दृश्यहरू सजिव कम, नक्कली ज्यादा लाग्छन् । त्यसले फिल्मको सुन्दरता नै मार्ने गरेको छ ।

अभिनयमा अब्बल कोटीका कलाकार हुन्, सौगात मल्ल । जुनसुकै भूमिकामा पनि प्राण भर्न सक्ने खुबी भएका उनले फिल्ममा आउनुअघि आरोहण गुरुकुलमा २० भन्दा बढी नाटक खेलेका थिए । त्यहीँ हुँदा उनले एउटा नाटक पनि निर्देशन गरे । उनले त्यो नाटक पेटभरि मःम खान पैसा पाइने लोभमा गरेका थिए । नभए त उनलाई निर्देशन भन्ने कुरा आफूबाट असम्भव छ भन्ने लाग्थ्यो ।

