
२०७२ सालमा काठमाडौंको माइतीघर मण्डलामा भएको कार दुर्घटनाको चर्चा अझै हुने गरेको छ । विभत्स तरिकाले दुर्घटना भएको कार (बा १२ च ६१००) कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया (कैलाश सिरोहियाका छोरा)ले चलाएको र त्यसमा सवार दुई युवतीमध्ये अभिनेत्री नीति शाह पनि एक रहेको बताइन्छ । तर, उक्त घटनाबारे प्रहरीमा भने कुनै रेकर्ड छैन ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर युट्युबमार्फत सार्वजनिक ३ मिनेभन्दा लामो ट्रेलरले फिल्मको मुख्य कथा प्रस्तुत गरेको छ । एक छोराले आमा र देशको रक्षाका लागि गर्ने लडाइँको कथामा यसमा छ । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

यसपालिको दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि निर्माण पक्षले युट्युबमार्फत ट्रेलर दर्शकमाझ ल्याएको हो । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ ।

भाइटीका (६ कात्तिक)बाट फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ दुई साता पछाडि सरेसँगै उक्त मितिमा प्रदर्शन हुन लागेका दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले प्रचार अभियानलाई तीव्र बनाउन थालेका छन् । बिहीबार बिहान ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ भने ‘वरिष्ठ बलराम’को पनि दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

आगामी कात्तिक ६ गते भाइटीकामा प्रदर्शन हुन लागेको फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूबीचको अन्तरजातीय प्रेमलाई केन्द्रमा राखिएको टिजरमा राई संस्कृतिलाई पनि प्रभावकारी रूपमा देखाइएको छ ।

आगामी कात्तिकमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । यो महिना आधा दर्जनभन्दा बढी फिल्म प्रदर्शनको तयारीमा छन् । त्यसमध्ये एक हो, ‘परान’ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक १४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । अहिलेसम्म उक्त मितिमा अरू फिल्म भने छैनन् ।

