मिति : २०८२ वैशाख २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1117 - 1122 of 22589
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३१, सोमवार

फिल्मप्रति दर्शकलाई आकर्षित गर्न नेपाली निर्माताहरुले विभिन्न उपहार योजना ल्याइरहेका हुन्छन् । आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’ले भने दर्शकलाई सुन उपहार दिने भएको छ । सोमबार ललितपुरस्थित झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले फिल्म हेर्ने दर्शकमध्ये १२ जनालाई सुन उपहार दिने बताए ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३१, सोमवार

आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’को गत साता सार्वजनिक ‘मन्जुरी’ गीत यतिबेला चर्चामा छ । यो गीतमा फेसबुक तथा इन्स्टाग्राममा थुप्रै रिल्स र युट्युबमा शर्ट्स बनाइएका छन् । दर्शकले गीतको अडियो र कोरियोग्राफीलाई विशेष रुचाएको देखिन्छ । र, यो गीतका कोरियोग्राफर किरण थापा हुन् । उनले गीतको भावअनुसार भिडियो तयार पारेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३१, सोमवार

कुनै बेला ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ गरी चार फिल्म बनाएका शंकर घिमिरेले १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि भदौ २९ गते आउने निश्चित भएको यो फिल्म अब आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुनेछ । आइतबार ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३०, आईतवार

सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माण कम्पनी जिएम मुभी प्रोडक्सनले आइतबार एक पोस्टरमार्फत् दुई दिन (शुक्रबार र शनिबार)मा १ करोड ५१ लाख ग्रस व्यापार भएको दाबी गरेको छ । यसमा काठमाडौं तथा उपत्यकाबाहिरको कति योगदान छ, त्यो भने खुलाइएको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३०, आईतवार

‘बले’ उपनामले परिचित हाँस्य अभिनेता सागर लम्साल विवाह बन्धनमा बाँधिएका छन् । आइतबार झापाकी स्नेहा दंगालसँग उनले लगनगाँठो कसेका हुन् । यतिबेला चाबहिलको एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह चलिरहेको छ । पेशाले नर्स रहेकी स्नेहासँग सागरको मागी विवाह भएको हो । प्राप्त एक तस्वीरमा उनीहरु बेहुला-बेहुलीको पहिरनमा हर्षित भावमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३०, आईतवार

अक्सर नेपाली फिल्मको छायांकन एक महिना अर्थात् ३० दिनभित्रमा सकिन्छ । कति फिल्मलाई यो समय पनि लाग्दैन । तर, ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्मको पहिलो चरणको छायांकनमा मात्र ३६ दिन लागेको छ । यसै साता ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा फिल्मको पहिलो चरणको छायांकन पूरा गरिएको हो । अब अन्तिम चरणको छायांकन एक सातापछि काठमाडौंमा सुरु गरिँदैछ ।

Results : 1117 - 1122 of 22589