
अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा गत वर्षको सुपरहिट फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले यो फिल्मलाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अनुसार ‘अञ्जिला’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्नेछ ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । सुरुमा असोज ३ गते रिलिज हुने भनिएको फिल्मलाई जेनजी आन्दोलनका कारण स्थगित गर्दै कात्तिक ६ गते (भाइटीका) सारिएको थियो । अब नयाँ निर्णयअनुसार आगामी कात्तिक २१ गतेदेखि फिल्म प्रदर्शन हुनेछ ।


यसपालिको दशैंको फूलपाती (१३ असोज)मा फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ । अमेरिकाका ८० पर्दामा फिल्म रिलिज हुने वितरक कम्पनी इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ । यस कम्पनीका प्रमुख आहाना पौडेल हुन् । यही फिल्मबाट वितरणमा डेब्यु गर्न लागेका उनी फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन् ।

संविधान दिवसको दिन पारेर यही असोज ३ गते प्रदर्शन हुने भनिएको फिल्म ‘जारी २’ पूर्वनिर्धारित मितिबाट एक महिना पछाडि सरेको छ । मंगलबार निर्माता कम्पनी बाँसुरी फिल्म्सले दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ गते (भाइटीका)लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

नेपाली कथावाचनका चर्चित नाम हुन्, साइग्रेस पोखरेल । मीठासपूर्ण कथावाचन शैलीका कारण ‘सेलिब्रेटी’ छवि बनाएका उनी अब अभिनेताको रुपमा ठूलो पर्दामा देखिँदैछन् । चन्द्र पन्तको निर्देशनमा बनिरहेको नयाँ फिल्म ‘आ बाट आमा’बाट उनले डेब्यु गर्न लागेका हुन् । सोमबार स्पेनको बार्सिलोनाबाट नेपाल आएका उनले मंगलबार चितवनमा फिल्मको छायांकन सुरु गरेका छन् ।

