Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1099 - 1104 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-08-08, शुक्रवार

अभिनेत्री नीता ढुंगानाले ‘ह्रस्व दीर्घ’मा झैँ आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा पनि भारतीय कलाकारलाई अभिनय गराउने भएकी छन् । त्यसका लागि उनले बलिउडका चर्चित कलाकार दीपराज राणालाई फिल्ममा भित्राएकी छन् । निर्माण टिमसँग केही चरणको छलफलपछि बिहीबार राणाले फिल्ममा काम गर्ने सहमति जनाएका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2025-08-08, शुक्रवार

यस वर्षको पहिलो त्रैमासिक अवधि पूरा भइसकेको छ । यो तीन महिनामा एउटा मात्र नेपाली फिल्मले सफलता पायो । त्यो फिल्म हो, बैशाखमा प्रदर्शित ‘ऊनको स्वीटर’ । यसअघि र यसपछि आएका फिल्महरुले भने लगानी समेत उठाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमा एक खालको निराशा छाएको अवस्था छ । हल सञ्चालकहरुले भने विदेशी फिल्मबाट राम्रो आम्दानी गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-08-07, बिहिवार

यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’का प्रमुख तीन पात्रको चरित्र चित्रण गर्ने नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कलाकारहरु हरिवंश आचार्य, प्रकाश सपूत र स्वस्तिमा खड्का चित्रित पोस्टरले फिल्म पूर्ण पारिवारिक र मनोरञ्जनात्मक रहेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-07, बिहिवार

ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘माग्ने राजा’को कमेडी, भावनात्मक र सन्देशमूलक ट्रेलर सार्वजनिक गरिएको छ । साढे ३ मिनेटभन्दा लामो ट्रेलर फिल्मका मुख्य पात्र कुबेर शर्मा उर्फ केदार घिमिरे (माग्ने बुढा)को वरिपरि घुमेको छ । आर्थिक अभाव झेलिरहेको कुबेर पात्रले बिना मिहिनेत अकूत पैसा पाएपछि गर्ने विभिन्न हर्कतलाई हास्य शैलीमा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-06, बुधवार

यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै बुधबार चार मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका कलाकारहरु अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनलाई आ-आफ्नो पात्र लुक्समा देख्न सकिन्छ ।

Results : 1099 - 1104 of 23989