मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1093 - 1098 of 22588
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ७, सोमवार

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आउट लः दफा २१९’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट २७ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । ट्रेलर ‘एक्सन प्याक्ड’ छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ७, सोमवार

निर्देशक सिमोस सुनुवारले यस वर्ष दुईवटा फिल्म बनाउने भएका छन् । अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा लिएर प्रदीप भारद्वाजको लेखनमा फिल्म ‘जन्ते बाख्रो’ निर्देशनको तयारीमा रहेका उनले अर्को फिल्ममा पनि सौगातलाई नै लिएका छन् । नाम भने तत्काललाई गोप्य राखिएको छ । यसअघि सिमोस र सौगातले दुई फिल्म ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा सहकार्य गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ७, सोमवार

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारहरुको ‘लाइनअप’ रोचक बन्दैछ । केही दिनअघि फिल्मको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए । अब अर्का अभिनेता निश्चत बस्नेतको पनि अभिनय रहने निश्चित भएको छ । निर्माण टिमले खगेन्द्र र निश्चलसँग एकैदिन कागजी सम्झौता गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ६, आईतवार

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘तिमी सँग’ बोलको रोमान्टिक भावको गीतमा फिल्मकी अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम र आशक्ति बोल्छ । रोमानियाको मनमोहक दृश्यले गीत आकर्षक बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ६, आईतवार

देशका शीर्ष नेताहरुको समेत अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेदेखि प्रदर्शन हुँदैछ । अब प्रदर्शनका लागि एक महिना मात्र बाँकी रहँदा यतिबेला फिल्मको डबिङ चलिरहेको छ । शनिबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो भागको दृश्यमा डबिङ सकाए । उनले डबिङ गर्न गाह्रो रहेको अनुभव सुनाएका थिए । उनले पहिलोपटक फिल्ममा अभिनय गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ६, आईतवार

करिब १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेका शंकर घिमिरेले आफ्नो ५ औं फिल्म ‘तेल भिसा’को छायांकन सकाएका छन् । दुई चरणमा गरी ३५ दिनमा फिल्म ‘प्याकअप’ भएको हो । शनिबार चितवनको एक गाउँमा अन्तिम दृश्य खिचिएको थियो । फिल्मको पहिलो चरणको छायांकन भने अमेरिकामा गरिएको थियो । त्यहाँ ७० प्रतिशत छायांकन गरिएपछि बाँकी नेपालमा खिचिएको हो ।

Results : 1093 - 1098 of 22588