Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1093 - 1098 of 23989
एजेन्सी, काठमाडौं, 2025-08-10, आईतवार

फिल्म रिलिज भएपछि जब दिन वित्दै जान्छ, तब कमाइ पनि घट्दै जान्छ । तर, एनिमेटेड भारतीय फिल्म ‘महावतार नरसिंह’को हकमा भने ठीक उल्टो भइरहेको देखिन्छ । फिल्मले बक्स अफिसमा कमजोर सुरुवात गरेको थियो । तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया आएपछि फिल्मको व्यापारमा विस्तारै वृद्धि हुन थाल्यो । अन्ततः प्रदर्शनको दुई हप्तामै यो फिल्म ब्लकबस्टर बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-10, आईतवार

गत जेठ महिनादेखि एकपछि अर्को आशातित फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म क्षेत्रमा छाएको गहिरो निराशालाई शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ले केही हदसम्म चिर्न र आशा जगाउन सफल भएका छन् । पहिलो दिन शुक्रबार औसत प्रदर्शन गरेका यी दुवै फिल्मले शनिबार भने देशभर दर्शकको उत्साहजनक साथ पाए । अझ बढी ‘मोहर’ले ।

फिल्मीखबर, काठमाडौं, 2025-08-09, शनिवार

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको साढे तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणबारे प्रकाश पारेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-09, शनिवार

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कोशेढुङ्गा’को प्रचार अभियानलाई थप प्रभावकारी बनाउन शनिबार रक्षाबन्धनको अवसर पारेर कविता सार्वजनिक गरिएको छ । ‘कोशेढुङ्गाभित्रको कथा’ नाम दिइएको कविता फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्तको आवाजमा सुन्न सकिन्छ । कवितामा प्रेम, समर्पण, पीडा, सपना र संकल्पको भावनाहरु व्यक्त छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-08-09, शनिवार

अभिनेत्री नीता ढुंगानाले गत महिना आफ्नो निर्देशनमा बन्ने गरी फिल्म ‘सुख दुःख’को घोषणा गरेकी थिइन् । अर्को वर्षको दशैंको फूलपातीलाई फिल्मको प्रदर्शन मिति पनि तय भइसकेको छ । तर, नीताले यो फिल्मभन्दा अगाडि ‘पार्वती’ नाममा अर्को फिल्म बनाउने भएकी छन् । उनले शनिबार रक्षाबन्धनको अवसरमा दुईवटा पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-08-08, शुक्रवार

फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त समय दशैंलाई मानिन्छ । त्यसको कारण हो, लामो विदा । करिब एक हप्ता विदा हुने भएकाले फिल्म नराम्रो भए पनि दर्शक हलमा ओइरिन्छन् भन्ने विश्वासमा निर्माताहरूबीच दशैंमा फिल्म लगाउन हानाथाप नै चल्छ । अघिल्लो वर्षको दशैंमा एकसाथ तीन फिल्म प्रदर्शन भएका थिए । यसपालिको दशैंको फूलपातीमा पनि त्रिपक्षीय भिडन्त हुँदैछ ।

Results : 1093 - 1098 of 23989