मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1081 - 1086 of 22588
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १०, बिहिवार

गत वर्ष आएको फिल्म ‘अगस्त्य’ले सौरभ चौधरीलाई निर्देशनमा स्थापित गरिदिएको छ । फिल्मले ठूलो सफलता हासिल नगरे पनि उनको निर्देशकीय क्षमता र मिहिनेतको प्रशंसा भएको थियो । यसपछि उनको करिअर नै चम्किएको छ । अहिले उनको हातभरि फिल्म छ । उनले चारवटा फिल्म सम्झौता गरिसकेका छन् । त्यसमध्येको एक हो, ‘कर्मा’ । जसको बिहीबार घोषणा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १०, बिहिवार

यो वर्षको ‘स्योर सट’ सुपरहिट फिल्म हो, ‘छक्का पञ्जा ५’ । दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको छायांकन पनि पूरा भइसकेको छ । तर, अहिलेसम्म कलाकारमा तीनजनाको मात्र नाम बाहिर आएको छ । दीपकराज गिरी, वर्षा सिवाकोटी र केदार घिमिरेबाहेक अरुको नाम गोप्य नै राखिएको छ । तर, फिल्म क्षेत्रमा कुनै कुरा गोप्य रहन सक्दैन ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १०, बिहिवार

नेपाली फिल्म क्षेत्रमा नातावाद, कृपावाद र गुटबन्दीको विषयमा अक्सर चर्चा भइरहन्छ । यसले गर्दा प्रतिभावान व्यक्तिहरु पछाडि परिरहेको धेरैको विश्लेषण छ । एक समयका सफल अभिनेता एवं निर्देशक सरोज खनालले पनि फिल्म क्षेत्रमा गुटबन्दी मौलाएको महसुस गर्न थालेका छन् । उनको अनुभवमा आजभोलि सीमित कलाकारलाई मात्र लिएर फिल्म बनाउने प्रचलन निकै बढेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ९, बुधवार

यही साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक लगभग तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । दशकौंअघि गाउँ-गाउँमा पुगेर सुन बनाउने सुनार जातिको कथासँगै प्रेममा जातीय र वर्गीय विभेदले निम्त्याएको घटनालाई ट्रेलरमा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ९, बुधवार

अक्सर नेपाली फिल्मको गीत प्रदर्शन मिति घोषणा भइसकेपछि मात्र रिलिज गरिन्छ । किनकि, फिल्मको हाइप निर्माणमा गीतको ठूलो भूमिका हुने गर्छ । तर, ‘यो मन त मेरो नेपाली हो’ फिल्मको भने प्रदर्शन मिति घोषणा नहुँदै ‘तिम्रो आँखै रसिलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने अस्मिता अधिकारी र सविन सुवेदीको गायन छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ९, बुधवार

सञ्जोग राईको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘देवी’ तिज विदा पारेर आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । क्राइम-थ्रिलर कथामा बनेको फिल्ममा शिल्पा मास्के, गौरव पहारी र नाजिर हुसेन मुख्य भूमिकामा छन् । यसअघि शिल्पालाई चित्रित गर्दै क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । जसमा उनी शंकास्पद भावमा प्रस्तुत थिइन् । र, हत्याको दृश्य पनि समावेश थियो ।

Results : 1081 - 1086 of 22588