
सवीर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ को आँकडा’मा मुख्य कलाकारको ‘लाइनअप’ पूरा भएको छ । रेखा थापा, पूजा शर्मा र महेश त्रिपाठीपछि अब फिल्ममा अभिनेता पुष्प खड्का भित्रिएका छन् । उनीसँग निर्माण पक्षले यसै साता लिखित सम्झौता गरेको हो । फिल्ममा पुष्पको जोडी पूजासँग बाँधिनेछ । पहिलो पटक उनीहरू जोडी भएर फिल्ममा एकसाथ देखिन लागेका हुन् ।

कोरियोग्राफरको रुपमा परिचित माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन प्रधान फिल्म ‘राम नाम सत्य’को शुभसाइत गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिरमा मुहूर्त पूजापछि एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराइयो ।

जब-जब ठूला बजेटका भारतीय वा हलिउड फिल्म प्रदर्शनमा आउँछन्, तब नेपाली फिल्मले हलमा पर्याप्य शो नै पाउँदैनन् । बक्स अफिसमा नेपाली फिल्म सुखद रूपमा चल्दा पनि शो कटौती गरेर विदेशी फिल्मलाई दिइन्छ । जसले गर्दा नेपाली फिल्म सीमित शो लिएर हलमा ठूला विदेशी फिल्महरूसँग प्रतिस्पर्धा गर्न बाध्य हुन्छन् । यतिबेला ‘मोहर’ र ‘सिटामोल’को अवस्था पनि यस्तै छ ।

‘कार्साङ’का निर्देशक यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को छायांकन पूरा भएको छ । फिल्मको ३५ दिनमा एक गीतबाहेक अन्य दृश्यहरूको छायांकन मंगलबार सकिएको हो । काभ्रेको बल्थली र मकवानपुरको चित्लाङ क्षेत्रमा छायांकन भएको फिल्मको बाँकी एउटा गीत समय अनुकूल पारेर चाँडै खिचिने निर्देशक शेर्पाले बताए ।

टिकटकबाट चर्चामा आएर म्यूजिक भिडियोमा सफल मोडलको रुपमा स्थापित उषा उप्रेती अब फिल्म अभिनयमा केन्द्रित हुने मनस्थितिमा देखिएकी छन् । केही महिनाअघि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको फिल्म ‘आचार्य’मा अनुबन्धित भएकी उनले अब दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ सम्झौता गरेकी छन् ।

इन्द्रजात्राको छेको पारेर आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको छ भने रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर छ । नरेन्द्र वियोगीले गीतको एरेञ्ज गरेका हुन् ।

