
फिल्मी दुनियाँमा कलाकारको प्रेम र ब्रेकअप सामान्य मानिन्छ । यतिबेला अभिनेता सलिनमान बनियाँको ब्रेकअप र नयाँ प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । ‘ए मेरो हजुर २’बाट फिल्ममा डेब्यु गर्नुभन्दा अगावैदेखि उनी प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठसँग प्रेम सम्बन्धमा थिए । उनीहरू चाँडै विवाह गर्ने मनस्थितिमा समेत थिए । तर, अब उनीहरूको ब्रेकअप भएको छ ।

अभिनेत्री निरुता सिंह करिब ६ वर्षपछि फिल्ममा फर्किएकी छन् । पछिल्लो पटक ‘दाल भारत तरकारी’मा देखिएकी उनले नयाँ फिल्म ‘३६ को आँकडा’मार्फत अभिनयमा पुनरागमन गरेकी हुन् । फिल्मको छायांकनका लागि आइतबार साँझ भारतको मुम्बईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन विमानस्थलमा निर्देशक सविर श्रेष्ठले स्वागत गरेका थिए ।

भनिन्छ, फिल्म सफल भएपछि त्यसमा अभिनय गर्ने कलाकारको करिअर चम्किन्छ । तर, अभिनेत्री क्रिस्टिना गुरुङको हकमा भने फरक रह्यो । उनको डेब्यु नै हिट फिल्म ‘प्रेमगीत ३’बाट भएको थियो । यसमा उनको अभिनयको आलोचना भए पनि फिल्मको सफलताले गर्दा उनलाई मेकरहरूले खोज्न थालेका थिए । तर, जसै फिल्म हलमा रिलिज भयो, उनी एकाएक गुमनामजस्तै भइन् ।

निर्देशक अशोक शर्माले गत फागुनमा आफ्नो नयाँ फिल्म ‘डबल ट्रिपल’को निर्माण घोषणा गर्दै यस वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेका थिए । तर, फूलपातीमा अरू तीन फिल्म पनि आउने भएपछि उनले उक्त मिति छाड्दै फागुन १ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरे । अब यो मितिबाट पनि फिल्म पछि हट्ने भएको छ । किनकि, फिल्मको छायांकन धकेलिएको छ ।

तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनय करिअर सुरु गरेका अभिनेता फिरोज तिमल्सेना अब निर्देशक बन्ने भएका छन् । उनले फिल्म ‘कहाँ गयौ तिमी’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

‘पाँडे’को रुपमा दर्शकमाझ चिनिएका कलाकार अर्जुन घिमिरेको पहिलो निर्देशकीय फिल्म ‘झरी पछिको इन्द्रेणी’को छायांकन पूरा नहुँदै विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । यतिबेला काठमाडौं आसपासमा छायांकन भइरहेको फिल्मको शुक्रबार निर्माण पक्षले अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री गरेको छ । राम कार्कीले फिल्मको राइट्स खरिद गरेका हुन् ।

