Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1069 - 1074 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-08-16, शनिवार

यसपालिको दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक झन्डै २ मिनेट लामो टिजरले दर्शकमा क्रोध, आक्रोश, बदला र देशभक्ति भावना प्रज्वलित गराउँछ । अन्यायविरुद्ध लड्ने एक पात्र (समीर भट्ट)को वरिपरि टिजर केन्द्रित छ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-15, शुक्रवार

कुमार केसीको निर्देशनमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’को प्रदर्शन मिति तय नहुँदै पहिलो गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक गरिएको छ । राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द रचना, विकास चौधरीको संगीत तथा सञ्जय हमालको एरेन्ज छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-15, शुक्रवार

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । उक्त गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-15, शुक्रवार

गत वर्ष व्यावसायिक रुपमा सफल भएको फिल्म ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म आगामी ५ सेप्टेम्बर अर्थात् भदौ २० गतेदेखि भारतका सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुर सहरका ५० बढी हलमा एकैसाथ प्रदर्शन हुन लागेको हो । 

फिल्मीखबर, काठमाडौं, 2025-08-15, शुक्रवार

कहिले छविराज ओझा त कहिले दीपकराज गिरी समूहको पेवाजस्तै बनेको दशैं विदा अब अभिनेता विराज भट्टले पनि नछाड्ने भएका छन् । गत दशैंमा आफू निर्देशित तथा अभिनीत फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा ठूलो सफलता पाएपछि हौसिएका उनले अर्को वर्षको दशैंमा पनि फिल्म ल्याउने घोषणा गरेका छन् । उनका अनुसार अर्को दशैंमा ‘१२ गाउँ २’ प्रदर्शनमा आउनेछ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-15, शुक्रवार

आगामी भदौ ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘माग्ने राजा’ यतिबेला कुनै कारणले चर्चामा छ भने त्यो अभिनेता केदार घिमिरे (माग्ने बुढा)को पारिश्रमिकले नै हो । एक महिनाअघि फिल्मको पोस्टर रिलिज कार्यक्रममा निर्माता मुनाल घिमिरेले केदारलाई ५१ लाख नगद र अब १० लाख दिन बाँकी रहेको बताएका थिए । अर्थात्, केदारलाई ६१ लाखमा फिल्म खेलाएको उनको दाबी थियो ।

Results : 1069 - 1074 of 23989