Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1057 - 1062 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-08-19, मंगलवार

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुनुभन्दा ९ दिनअघि सार्वजनिक साढे ३ मिनेटभन्दा लामो ट्रेलरले सम्बन्धको कथामा फिल्म बनेको प्रष्ट पार्छ । अभिनेत्री सुरक्षा पन्तलाई केन्द्रमा राखिएको ट्रेलरमा उनको अभिनय सशक्त देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-19, मंगलवार

चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले आफ्नो निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘गोबर गणेश’को छायांकन सुरु गरेका छन् । मंगलबार बिहान नयाँ बसपार्कको म्हेपी मन्दिरमा मुहूर्त पूजा गरेपछि सुरु भएको फिल्मको छायांकन काठमाडौं र पोखरामा ३५ दिनसम्म चल्ने उनले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2025-08-19, मंगलवार

आफ्नो अद्वितीय कथावाचन शैलीका कारण युवा पुस्तामाझ लोकप्रिय साइग्रेस पोखरेललाई अब फिल्ममा देख्न पाइने भएको छ । उनले फिल्म ‘आ बाट आमा’बाट अभिनय करिअर सुरु गर्न लागेका हुन् । उनलाई निर्माण पक्षले यसै साता फिल्ममा अनुबन्धित गरेको हो । उनको प्रवेशसँगै फिल्ममा मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-19, मंगलवार

नयाँ छिमलकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको फिल्म करिअरले एक दशक पूरा गरेको छ । २०७२ सालको भदौमा प्रदर्शन भएको फिल्म ‘होस्टेल रिटर्न्स’बाट अभिनय करिअर सुरु गरेकी उनले १० वर्षको अवधिमा आफूलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छन् । पछिल्लो समय उनलाई ‘नम्बर वान अभिनेत्री’ समेत भन्न थालिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-18, सोमवार

यसपालिको दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर रहेको छ भने प्रकाश स्वयंको शब्द तथा संगीत छ । गीतमा प्रकाशले आफ्नै मौलिकपन पस्किन खोजेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-08-18, सोमवार

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित फिल्मको वर्कसप आइतबारबाट सुरु भएको छ । लक्ष्मण सुनारको निर्देशनमा बन्ने फिल्मको वर्कसपमा कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने सहभागी छन् ।

Results : 1057 - 1062 of 23989