Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1051 - 1056 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-08-20, बुधवार

‘रोमान्टिक हिरो’को रुपमा परिचित जीवन लुईँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘सकम्बरी’बाट उनको पुनरागमन तय भएको हो । बुधबार उनले फिल्म सम्झौता गरेका हुन् । उनीसँगै फिल्ममा अभिनेता अर्पण थापाको पनि प्रवेश भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-20, बुधवार

घोषणाको बेलादेखि नै नामका कारण चर्चामा रहेको फिल्म हो, ‘जनै हराएको मान्छे’ । पहिला फिल्मको नाममा ‘बाहुन’ शब्द थियो । छायांकन सकिएपछि त्यो शब्द हटाएर ‘मान्छे’ राखियो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्थाले अनावश्यक दबाब दिन थालेपछि निर्माण पक्ष नाम परिवर्तन बाध्य भएको थियो । तर, नाममा ‘जनै’ शब्द रहेकाले यो धार्मिक फिल्म हुनसक्ने धेरैको अनुमान छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-20, बुधवार

कलाकार केदार घिमिरे (माग्ने बुढा)ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘माग्ने राजा’ यही भदौ ६ गतेबाट नेपालसँगै अष्ट्रेलियामा पनि एकैपटक प्रदर्शन हुने भएको छ । अष्ट्रेलियाका २५ बढी हलमा एक सयभन्दा धेरै शोसहित फिल्मको प्रदर्शन तय भएको वितरक कम्पनी थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले जनाएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-08-19, मंगलवार

कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को पहिलो निर्देशकीय फिल्म ‘मैझारो’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ । छायांकनको अन्तिम चरणमा फिल्ममा जोडिएका उनको मंगलबारबाट दृश्य खिच्न थालिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-19, मंगलवार

अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो स्वप्न प्रोजेक्ट ‘आचार्य’को छायांकनका लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहित फिल्मकी निर्मात्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायाँकार मनु बिके र कलाकार तथा मुख्य सहायक निर्देशक सयनम अधिकारी काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेका हुन् । 

Results : 1051 - 1056 of 23989