
आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘इतिहासमै चर्चा चल्छ’ बोलको डान्सिङ गीतमा ‘कोभन्दा को कम’ भन्ने शैलीमा बिहे गर्न तम्सिएका दुई परिवारबीचको घम्साघम्सीलाई देखाइएको छ । जसमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, कुसुम शर्मा लगायतका कलाकारहरु नृत्य गर्दै प्रस्तुत छन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला अभिनेता पल शाह एउटा घटनाका कारण जेल चलान भएपछि अभिनेत्री पूजा शर्मा हलमा दर्शक भेट्न जाने क्रममा पटकपटक रोएकी थिइन् । त्यसबेला उनको आँशुले नै फिल्म चलाएको टीकाटिप्पणी भएको थियो । यसपछि उनलाई रोएर फिल्म चलाउने हिरोइनको ट्याग नै दिइयो । तर, उनले अब रोएर फिल्म नचलाउने उद्घोष गरेकी छन् ।

लभस्टोरी फिल्म निर्देशकको रुपमा चिनिएका सुदर्शन थापाले अब आफूलाई परिवर्तन गर्न खोजिरहेको देखिन्छ । अघिल्लो फिल्म ‘प्रसाद २’ सामाजिक विषयवस्तुमा बनाएका थिए । अब यस वर्ष उनले अर्को फिल्म ‘रावायण’ लिएर आउँदैछ, जुन एक्सन विधामा बनेको हो । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको टिजर हेर्दा साउथ शैलीको एक्सन पस्किएको देखिन्छ ।

अभिनेत्री नीति शाहको नियति भनौं वा दुर्भाग्य; जतिबेला ठूला ब्यानरबाट फिल्म अफर भए, ती कुनै पनि गरिनन् । पछि ती फिल्म सफल भए । जब डेब्युका लागि तयार भइन् तब सम्झौता गरेका फिल्म नै बनेनन् । लामो अन्योलतापछि डेब्यु गरेको फिल्म ‘खजुरे ब्रो’ पनि चलेन । यसैले यतिबेला उनलाई पहिला अफर आएका र सफल भएका फिल्म नगरेकोमा पश्चाताप हुन थालेको देखिन्छ ।

कोरोना महामारीपछि देशभर सिंगल थिएटर धमाधम बन्द भैरहेको अवस्थामा मल्टीप्लेक्स हल खुल्ने क्रम भने बढ्दो छ । यसैबीच, काठमाडौंमा अर्को मल्टीप्लेक्स थपिएको छ । दरवारमार्गस्थित क्यूएफएक्स सिनेमाज् (पहिलाको क्यूज हल)का सञ्चालक सुमित मैनालीले सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्स समूहलाई नै व्यवस्थापनाको जिम्मा दिँदै हल सञ्चालनमा ल्याएका हुन् ।

यतिबेला विश्व बजारमा धमाका मच्चाइरहेको हलिउड फिल्म ‘डेडपुल एन्ड उल्भरिन’ एक सातापछि शुक्रबारदेखि नेपालका हलमा लागेको छ । एड्भान्स बुकिङ नै आक्रामक रहेको यो फिल्मसँग बक्स अफिस प्रतिस्पर्धामा भने नेपाली फिल्म ‘मोदीबेनी’ उत्रिएको छ । ‘डेडपुल एन्ड उल्भरिन’को रिलिजका कारण मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको फिल्मलाई व्यापारमा ठूलो चुनौती देखिन्छ ।