मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1045 - 1050 of 22586
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

केही वर्षदेखि नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले फिल्म निर्माणमा पनि सक्रियता बढाएको छ । यो कम्पनीको पहिलो निर्मित फिल्म ‘अगस्त्यः च्याप्टर वान’ थियो । यसपछि ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गर्‍यो, जसको गत साता मात्र छायांकन सकिएको छ । अब तेस्रो फिल्मको रुपमा सेभेन सिजले ‘रोल नम्बर एक’ निर्माण गर्ने भएको छ ।

एजेन्सी, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

अभिनेता अजय देवगनका लागि यस वर्षको सुरुवात अप्रत्याशित रह्यो । गत मार्चमा आएको फिल्म ‘शैतान’ले बक्स अफिसमा डेढ सय करोडको आँकडा नघाएको थियो । यसपछि भने उनका फिल्म लगातार बक्स अफिसमा डुबिरहेका छन् । गत अप्रिलमा उनी अभिनीत फिल्म ‘मैदान’ रिलिज भएको थियो । साढे २ सय करोडमा बनेको फिल्मले भारतमा मुश्किलले ५० करोड कमाई गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

अभिनेत्री नम्रता सापकोटाको फिल्मी करिअरले एक दशक पूरा गरिसकेको छ । यो अवधिमा उनले एक दर्जन फिल्म गरिसकेकी छन् । तर, सफलता भने सहायक भूमिकामा अभिनय गरेको फिल्म ‘छक्का पञ्जा’बाट मात्र मिल्यो । सोलो नायिका भएका उनका कुनै फिल्म सफल छैन । अब उनलाई ठूलो आशा भनेको यही साउन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नम्बरी सुन’प्रति छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १९, शनिवार

आगामी भदौ २१ गते (तीज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । नाबालिक बलात्कारको घटनालाई टिजरमा देखाइएको छ । पीडितको बयान र स्केच तयार हुँदा पनि निरीह बनेको प्रहरी र बलात्कारीको हत्या गर्दै हिँड्ने पात्रको कथामा फिल्म केन्द्रित रहेको टिजरले खुलासा गर्छ । फिल्मप्रति दर्शकलाई कौतुहलता जगाउन सक्ने सामर्थ्य टिजरमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १९, शनिवार

अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा तयार भएको फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वरांकन (डबिङ) गरेका छन् । शनिबार अनामनगरस्थित म्यूजिक एरा रेकर्डिङ स्टुडियोमा उनले आफ्नो भागको दृश्यको स्वरांकन गरेका हुन् । फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् । छायांकन हुँदा भने उनी प्रधानमन्त्री थिएन ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १९, शनिवार

फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला निर्माणको तयारीमा छ । हाल वर्कसप र कलाकार अनुबन्धित प्रक्रियामा रहेको फिल्मका निर्माताले छायांकनभन्दा अगावै प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्मलाई ग्याल्पो ल्होछारको सार्वजनिक विदा पारेर आगामी फागुन १६ गतेदेखि प्रदर्शन गरिने भएको छ । यसको दुई दिनअघि अर्थात् फागुन १४ गते भने फिल्म ‘लाज शरणम्’ प्रदर्शनको तयारीमा छ ।

Results : 1045 - 1050 of 22586