Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1045 - 1050 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-08-22, शुक्रवार

नेपालको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले काठमाडौंको जमलस्थित विश्वज्योति सिनेप्लेक्सको व्यवस्थापनको जिम्मा लिएको छ । योसँगै आईएनआईको हल संख्या ५ पुगेको छ । यो चेनले यसअघि काठमाडौं उपत्यकाभित्र दुई र उपत्यकाबाहिर बुटवल र सिमरामा गरी दुईवटा मल्टीप्लेक्स सञ्चालन गर्दै आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-22, शुक्रवार

निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘काजी’को शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको टिम छायांकनका लागि स्याङ्जातर्फ प्रस्थान गरेको छ । आइतबारबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-22, शुक्रवार

यसपालिको दशैंको फूलपातीमा प्रदर्शन हुन लागेका तीन फिल्ममध्येको एक ‘माइतीघर’ले प्रचार अभियानलाई तीव्रता दिइरहँदा आगामी साता पहिलो गीतको रूपमा ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिँदैछ । केही दिनअघि मात्र यो गीतको छायांकन सकिएको हो । निर्माता रोहित अधिकारीको दाबी अनुसार गीतको भिडियो तयार पार्न लगभग ५० लाख खर्च भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-22, शुक्रवार

असार र साउनमा फिल्म रिलिजको चाप निकै न्यून रह्यो । यो दुई महिनामा जम्मा चार फिल्म रिलिज भए । भदौमा भने फिल्म रिलिजको चाप ठूलो छ । यो महिना आठवटा फिल्म आउँदैछन् । त्यसमध्येका तीन फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । फरक विधा र स्वादका यी तीन फिल्ममा स्थापित कलाकारहरूको अभिनय छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-21, बिहिवार

फिल्म ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूले पहिलो पटक आफ्नो ब्यान्डसहित सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘रैथाने घुमफिर २०८२ नेपाल टूर’ आयोजना हुन लागेको जानकारी गराइन् । उनका अनुसार काठमाडौंसहित देशका १० सहरमा कन्सर्ट हुनेछ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-21, बिहिवार

यही शुक्रबार (भदौ ६ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को प्रिमियर आँसुमय बनेको छ । बुधबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित ‘वान् सिनेमाज्’को दुईवटा अडिटोरियम ‘बुक’ गरेर आयोजना गरिएको प्रिमियरमा फिल्मका कलाकारदेखि आमन्त्रित अतिथिहरूसम्म क्लाइमेक्सको दृश्यले हलभित्रै भक्कानिएर रोएका थिए । 

Results : 1045 - 1050 of 23989