मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1039 - 1044 of 22586
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २२, मंगलवार

अभिनयमा पारंगत मानिन्छिन्, सुरक्षा पन्त । ‘स्टेरियोटाइप’ हुनबाट धेरै हदसम्म जोगिएकी उनले लगभग हरेक फिल्ममा आफूलाई फरक चरित्रमा ढालेकी छन् । ‘आमा’मा छोरी र बुहारीको भूमिका होस् वा ‘बुलाकी’मा कर्णालीको दुःखी जीवन बाँचेको पात्र, उनले जुनसुकै भूमिकामा आफूलाई खरो र दह्रो रुपमा उतारेकी छन् । त्यसैले उनको चर्चा अक्सर अभिनयलाई नै लिएर हुने गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २१, सोमवार

गत वर्षको बैशाखमा रिलिज भएको फिल्म ‘बुलाकी’लाई निर्माताले दुई दिनमै हलबाट उतारेका थिए । एकसाथ प्रदर्शनमा आएको ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि रिलिज स्थगन गरिएको थियो । अब यही साउन ३२ गतेबाट फिल्मलाई रि-रिलिज गरिँदैछ । सोमबार काठमाडौंका एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा विवाहेत्तर सम्बन्धलाई देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २१, सोमवार

बाबु साहेब बलामीको निर्देशन रहने फिल्म ‘माइली’को मुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की र गायिका समेत रहेकी कमला घिमिरेले ‘मुहूर्त सट’ दिएका थिए । यसमा उनीहरुले आमा-छोरीको भूमिका निभाउँदैछन् । कमलाले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । मंगलबारबाट फिल्मको छायांकन सुरु हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २१, सोमवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोदीबेनी’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको भिजोनिया कम्पनी लिमिटेडले फिल्मको जापान प्रदर्शन अधिकार खरिद गरेको हो । नेपालमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेका कारण जापान अधिकार बिक्री भएको सह-निर्माता हरि श्रेष्ठले बताए । अरु देशमा पनि कुरा भइरहेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २१, सोमवार

अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

अभिनेता राजेश हमालले झन्डै ८ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । निर्देशक दीवाकर भट्टराईको अगामी फिल्म (नाम तय हुन बाँकी)बाट उनले कमब्याक गर्न लागेका हुन् । करिब एक महिना लामो छलफलपछि आइतबार निर्माण पक्ष र हमालबीच लिखित सम्झौता भएको हो । यसको जानकारी हमाल स्वयंले सामाजिक सञ्जालबाट गराएका छन् । फिल्म एक्सन प्रधान रहनेछ ।

Results : 1039 - 1044 of 22586