Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

यूएइको एयरलाइन्सले किन्न थाल्यो नेपाली फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2019/04/25
 
विभिन्न एयरलाइन्सबाट विदेशी मुलुक जाँदा नेपालीहरुले आफ्नो मुलुकमा बनेको फिल्म हेर्न पाउँदैनन् । अरु देशमा निर्माण भएका विभिन्न भाषाका फिल्म हेरेर मनोरञ्जन लिनुपर्ने बाध्यता छ । तर, अब नेपाल वा अन्य देशबाट युएइ उड्दा वा फर्किँदा नेपाली फिल्म हेर्न पाइने भएको छ । यूएइको एक एयरलाइन्सले नेपाली फिल्म खरिद गर्न थालेको छ ।
 
नेपालफ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्ससँग नेपाली फिल्म प्रदर्शन गर्ने गरि सहमती गरेको छ । यसको सुरुवात अभिनेता विपिन कार्की स्टारर फिल्म ‘हरी’ बाट हुँदैछ । नेपाली फिल्म प्रदर्शन गर्ने एयरलाइन्सको नाम भने खुलाइएको छैन । सन् २०१९ को मे महिनाबाट ‘हरी’ फिल्म उपलब्ध हुनेछ । 
 
नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा अग्रणी नेपालफ्लिक्सले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ । अब अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्समा पनि नेपाली फिल्म देखाउने क्रमको विकास भए नेपाली फिल्मका निर्माताले आम्दानीको नयाँ श्रोत पनि पाउने छन् । 
 
संसारभर नेपाली फिल्मको प्रचारमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा फिल्मकर्मीहरुको छ । विदेशी एयरलाइन्सले नेपाली फिल्म प्रदर्शनका लागि चासो देखाउनु खुसीको कुरा रहेको फिल्म क्षेत्रका जानकारहरु बताउँछन् । नेपालफ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जीसीले अरु फिल्म प्रदर्शन गर्नका लागि अन्य मेकरसँग पनि कुराकानी भइरहेको बताएका छन् । 
Most Visited News (monthly)