Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘बीर विक्रम २’ ट्रेलरः वर्षाको प्रेममा पल र नाजिर, बुद्धि भिलेन

फिल्मीखबर, काठमाडौं, 2019/04/25
यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको छ । पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको ट्रेलरमा अभिनेता द्वय पल शाह र नाजिर हुसेनको मित्रतालाई निकै रोमाञ्चक र मन छुने ढंगबाट देखाइएको छ । 
 
 
 
 
 
फिल्मको केन्द्रिय द्वन्द्व अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर रहेको ट्रेलर बोल्छ । उनले फिल्ममा बादलको भूमिका निभाएकी छन् । ट्रेलरबाट उनी फिल्ममा नेगेटिभ रोलमा रहेको अनुमान लगाउन सकिन्छ । स्क्रिन स्पेश पर्याप्य पाए पनि उनले बोलेका संवाद खासै समेटिएको छैन । यसमा कलाकार बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् । ट्रेलरमा उनले बोलका संवाद रमाइला छन् । 
 
मिलन चाम्स निर्देशित यस फिल्मको यसअघि सार्वजनिक दुई गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ ले राम्रो हाइप निर्माण गरिसकेका छन् । यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् । फिल्म जेठ ३ गते प्रदर्शनमा आउँदैछ । 
 
 
 
 
 
 
‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । उनले निर्देशक चाम्सका हरेक फिल्म खिच्दै आइरहेका छन् । अर्पण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । पल, वर्षा र नाजिर यो फिल्मलाई लिएर निकै आशावादी छन् । 
 

ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)