
निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’मा अभिनेत्री हेरफेर भएका छन् । छायांकनका लागि लन्डन समेत पुगेकी उपासना सिंह ठकुरीले टिमसँगको मतभेदका कारण फिल्मबाट बाहिरिने निर्णय गरेपछि उनको ठाउँमा सोल गुरुङलाई प्रवेश गराइएको छ । मंगलबार निर्माण पक्षले उनलाई फिल्मकी मुख्य अभिनेत्रीको रूपमा तस्वीरसहित दर्शकमाझ चिनाएको छ ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ले हलमा पुराना र नयाँ पुस्ता दुवैको साथ पाएको छ । फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् । सोमबार काठमाडौंको एक हलमा ७६ वर्षीया वृद्धाले फिल्म हेर्दै त्यसमा समावेश गीत समेत गाएकी थिइन् । यसले फिल्मप्रति दर्शको उत्साह दर्शाउँछ ।

घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको फिल्म ‘जारी २ : सङ अफ च्याम्ब्रुङ’ १४ मिनेट लम्बिएको छ । निर्माण पक्षले नयाँ दृश्यसहितको फिल्म सोमबार साँझ सेन्सर गराएको छ । अब फिल्मको लम्बाइ २ घन्टा २१ मिनेट भएको छ । सुरुमा फिल्मको रनटाइम २ घन्टा ७ मिनेट थियो । फिल्मको नयाँ संस्करणलाई ‘डिरेक्टर्स कट’ भनिएको छ ।

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो फिल्मले ९ दिनमा साढे तीन करोडको आँकडा नघाएको छ । गत शनिबारसम्म फिल्मको कुल कमाइ ३ करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस छ । शनिबार मात्र फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो ।

विगत तीन वर्षयता अभिनेत्री आँचल शर्मा एउटा हिट फिल्मको पर्खाइमा थिइन् । यो बीचमा उनका चारवटा फिल्म असफल भए । उनलाई पहिलो पटक ‘लाइमलाइट’मा ल्याएको फिल्म ‘नाइँ नभन्नू ल’को छैटौं श्रृंखला होस् वा ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’, कुनैले उनलाई सफलता दिलाउन सकेनन् । उनका पछिल्ला दुई फिल्म ‘दुःखी आत्मा’ र ‘वर एन्ड वधु’ पनि नराम्ररी डुबे ।

आशिष ढकालको निर्देशनमा बनेको फिल्म ‘मुगलान’को टिजर सार्वजनिक गरिएको छ । रोजगारीका लागि परदेश जानुपर्ने नेपाली युवाको बाध्यताको कथालाई केन्द्रमा राखिएको टिजरमा त्रिकोणात्मक प्रेमकथा, गरिबी र परदेशमा भोग्नुपर्ने पीडालाई समेटिएको छ । टिजर हेर्दा फिल्मले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गरेको देखिन्छ ।

