
यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को पहिलो चरणको पोस्टर सार्वजनिक गरिएको छ । खुसी र निराशको भाव मिश्रित दुई पोस्टरमा फिल्मका चार मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा दयाहाङ राई र एक बाल कलाकार निराश मुद्रामा देखिएका छन् । यसबाट फिल्ममा उनीहरू बाबु-छोरीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै यतिबेला नयाँ दल गठनको दौड तीव्र बनेको छ । दिनहुँ निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन परिरहेको छ । नयाँ पार्टीहरू खुलेसँगै त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिरहेका छन् । यसबाट कलाकारहरू पनि अछुतो छैनन् । अहिले एकपछि अर्का कलाकारहरू नयाँ पार्टीमा भित्रिरहेका छन् ।

निर्देशक ज्ञानेन्द्र देउजा यतिबेला आफ्नो सुपरहिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माणको तयारीमा छन् । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायतका कलाकारहरू अनुबन्धित भइसकेका छन् । फिल्ममा अभिनेता मुकुन भुसाल पनि दोहोरिने निश्चित थियो । तर, अब फिल्ममा उनी नहुने भएका छन् ।

नेपालीमा एउटा उखान छ, ‘कहिलेकाहीँ नपत्याउँदो खोलाले पनि बगाउँछ ।’ यतिबेला फिल्म ‘परान’को सन्दर्भमा यो विल्कुलै मेल खाएको देखिन्छ । प्रदर्शनअघि सामान्य आँकलन गरिएको यो फिल्मले अहिले बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार मुस्किलले ६ लाख कमाएको फिल्मले दोस्रो साताको अन्त्यसम्म आइपुग्दा ब्लकबस्टरको बाटो समातेको छ ।

पछिल्लो समय पूर्वी नेपाल नेपाली फिल्मको ठूलो व्यापारिक हबको रुपमा उदाएको छ । धरान, बिर्तामोड, इटहरी, दमक जस्ता सहरमा एकपछि अर्को फिल्मले उल्लेखनीय व्यापार गरिरहेका छन् । २०७९ सालमा ‘जारी’ले धरानको एउटै हलबाट १८ लाखभन्दा बढी शेयर लिएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’, ‘१२ गाउँ’ जस्ता फिल्म पनि पूर्वमा अत्याधिक हेरियो ।

निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक दुई पोस्टरले फिल्मका मुख्य पात्रहरूको मनोदशा प्रस्तुत गर्दै कथावस्तुबारे संकेत गरेको छ । खुसी र पीडाको भाव मिश्रित दुवै पोस्टरमा गाउँ र विदेशको दृश्य पृष्ठभूमिमा राखिएको छ । यसले रहर र बाध्यताको कथामा फिल्म आधारित रहेको संकेत गर्छ ।

