Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आप्पा’ मा सिद्धान्तको ठाउँमा नाजिर थिए ‘फस्ट च्वाइस’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/26
एक छोरा र पिताको सम्बन्धको कथामा आधारित फिल्म ‘आप्पा’ अहिले चर्चामा छ । गीतसंगीत र ट्रेलरमा देखिएको मेकिङ र फिल्मले उठान गरेको कथावस्तुका कारण ‘आप्पा’ फरक स्वादको पखाईमा रहेका दर्शकलाई गतिलो खुराक हुनसक्ने कतिपयको विश्लेषण छ । यस्तै, अभिनेता दयाहाङ राईको प्रमुख भूमिका रहेका कारण यो फिल्मको दर्शकको ठूलो वर्गमा व्यग्र प्रतिक्षा छ । 
 
अनमोल गुरुङ यस फिल्मका निर्देशक हुन् । उनले पहिलो पटक निर्देशनमा हात हालेका हुन् । कथा पनि उनकै हो । फिल्ममा दयाहाङको छोराको भूमिकामा सिद्धान्त राज तामाङले अभिनय गरेका छन् । तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ । कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् ।
 
 
निर्देशक अनमोलका अनुसार, फिल्ममा अभिनेता दयाहाङको छोराको भूमिकामा सिद्धान्त ‘फस्ट च्वाइस’ थिएनन् । बेङ्गाली लुक्स भएको र शुद्ध नेपाली भाषा बोल्ने युवकको खोजीमा थिए, उनी । तर, लामो समय उनले कथाको मागअनुसार उपयुक्त पात्र भेटेनन् । अन्ततः उनी अभिनयमा खारिएका अभिनेता नाजिर हुसेनलाई अप्रोच गर्ने निर्णयमा पुगे । उनी धेरथोर त्यस क्यारेक्टरमा सुहाउँदा थिए । 
 
तर, एक दिन उनको आफ्नै अफिस (भारत कालिम्पोङ) मा सिद्धान्तसँग भेट भयो । सिद्धान्त छेवैको एक रेस्टुराँमा वेटर थिए । उनीमाथि नजर परेपछि निर्देशक गुरुङको दिमागबाट नाजिर हटे । अनमोल भन्छन्, ‘फिल्मले मागेको पात्र नै सिद्धान्त हुन् । उसलाई भेटेपछि मैले दिमागमा आएका सबै अनुहार विर्सिए । उसको पहिलो फिल्म भए पनि अभिनयमा खोट लगाउने ठाउँ छैन ।’ 
 
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यो फिल्म यही शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । भारतका २५ हलमा पनि फिल्म एकसाथ प्रदर्शन हुने निर्देशक अनमोलको भनाई छ । 
Most Visited News (monthly)