Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

५ दिनमा ‘कबीर सिंह’ ले कमायो सय करोड

एजेन्सी, मुम्बई, 2019/06/26
 
बलिउड सुपरस्टार शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्म रिलिज भएसँगै ट्रोल भइरहेको छ । तर, मुभी लभर्सलाई आलोचनाले केही फरक पारेको छैन । दर्शक र समीक्षक दुबैले फिल्मलाई उत्कृष्ट भनेका छन् । फिल्मको शोज विकडेजमा पनि हाउसफुल भइरहेको छ । 
 
‘कबीर सिंह’ ले भारतबाट मात्र प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पाँचौ दिनको कलेक्सन सार्वजनिक गरेका छन् । फिल्मले मंगलबार १६ करोड ५३ लाखको कमाई गर्दै बक्सअफिसमा कूल १ सय ४ करोड ९० लाखको व्यापार गरेको छ । तरणले फिल्मलाई ब्लकबस्टर घोषित गरेका छन् ।
 
सोलो एक्टरको रुपमा ‘कबीर सिंह’ सय करोड क्लबमा सामेल भएको अभिनेता शाहिद कपूरको पहिलो फिल्म होे । ३ हजार १ सय २३ हलबाट प्रदर्शन सुरु गरेको फिल्मको ओभरसिज कमाई पनि आक्रामक छ । शाहिद फिल्मको सफलताबाट निकै खुसी छन् । फिल्मले यस वर्ष रिलिज भएका ठूला-ठूला फिल्मलाई समेत बक्सअफिसमा चुनौती दिएको छ । 
 

२ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'अर्जुन रेड्डी' ले एक्टर विजय देवराकोन्डालाई रातारात तेलुगू इन्डस्ट्रीको स्टार बनाएको थियो । ‘कबीर सिंह’ यही फिल्मको हिन्दी रिमेक हो । यो फिल्म कबीर राजवीर सिंह नामक एक डाक्टरको कहानीमा आधारित छ । फिल्मकी लिड हिरोइन कियारा आडवाणी हुन् । फिल्ममा शाहिदको अभिनय जबरजस्त छ ।
Most Visited News (monthly)